साना शेयर लगानीकर्ताले प्यान नम्बर नलिए पनि हुने | Khabarhub Khabarhub

साना शेयर लगानीकर्ताले प्यान नम्बर नलिए पनि हुने


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र (शेयर बजार)मा ५ लाखभन्दा कमको लगानी गर्ने (साना लगानीकर्ता)ले स्थायी लेखा नम्बर (प्यान) नलिए पनि हुने भएको छ ।

नेपाल लधितोपत्र बोर्ड (सेबोन)ले प्रेश विज्ञप्ती जारी गर्दै साना लगानीकर्ताका लागि प्यान नम्बर लिनुपर्ने व्यवस्था ऐच्छिक गरिएको जनाएको छ ।

सरकारले यसअघि आगामी वैशाख १ गतेबाट सबै शेयर लगानीकर्ताका लागि प्यान नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो । तर, विभिन्न पक्षबाट प्राप्त सुझावपछि ५ लाखभन्दा कमको कारोबार गर्ने लगानीकर्ताका लागि ऐच्छिक गरिएको सेबोनले जनाएको छ ।

५ लाखभन्दा बढीको कारोबार गर्ने लगानीकर्ताले भने आगामी वैशाख १ गतेदेखि अनियार्व रुपमा प्यान नम्बर लिनुपर्ने छ ।

सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजनामा दोस्रो बजारमार्फत शेयर खरिद खर्ता लगानीकर्ताले अनिवार्य रुपमा प्यान नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था समेटेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  १ : ०९ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना