विडारीले संसदमा सोधे – आज मोटर किन चलेनन्, नानीहरु किन विद्यालय गएनन् ? « Khabarhub

विडारीले संसदमा सोधे – आज मोटर किन चलेनन्, नानीहरु किन विद्यालय गएनन् ?


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभाका सांसद सांसद रामनारायण विडारी आज गाडी किन बन्द भयो, विद्यार्थीहरु किन विद्यालय गएनन् भनेर प्रश्न गरेका छन् ।

राष्ट्रिय सभाको बिहीवार बसेको बैठकमा बोल्दै सांसद विडारीले सवारी साधन, पसलहरु, विद्यालय नचलेको कारणबारे सरकार गम्भीर हुनुपर्ने बताए । ‘त्यो गाडी किन बन्द भयो ? आज मोटर किन चलेनन् ?’ विडारीले संसदमा सोधे,‘आज प्रायजसो पसल किन बन्द भयो ? विद्यालयका नानीहरु खेलेर बसे, किन विद्यालय गएनन् ?’

सरकारी गाडी चढेर हिँड्नेले नदेखेपनि सोझो हिँड्नेले सबै कुरा प्रस्ट देखेको सांसद विडारीले बताए ।

‘सारा कर्मचारी हस्याङफस्याङ गर्दै दौडेर आइरहेका रहेछन् । सरकारी गाडी चढेर हिँड्नेले त नदेख्न सक्छ’ सांसद विडारीले भने,‘ सोझै हिँड्नेले त भयंकर कुरा देख्यो नि ! संविधान जारी भएपछि पहिपटक देखियो ।’

‘यातायात मन्त्रीले कतै सर्कुलर पो गरेछन् कि ? आज गाडी नचलाउनु भनेर’ सांसद विडारीले भने‘मन्त्रीहरु निर्देशन जारी गर्न माहिर छन् किनकी निर्देशिका माग्यौ भने टेबुलभरी निर्देशिका पठाइदिन्छन् ।’

सरकारले यो कुरालाई राम्ररी मनन गर्नुपर्ने उनको भनाइ छ । सरकार बाहेक अरु कसैले पनि निर्देशन र सर्कुलर जारी गर्न नसक्ने भन्दै सांसद विडारीले बन्द गर्न कसले सर्कुलर जारी गरेको हो भन्दै प्रश्न गरे ।

‘आगो, शत्रु रोगलाई सानो नठान्नु यो बेलैमा समाधान गर्नु’ यो परमवाणी पहिला देखि चलिआएको भन्दै सांसद विडारीले समस्याको बेलैमा समाधान गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  २ : ११ बजे

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति