किम जोङ नाम हत्यामा संलग्न भियतनामी युवती तत्काल नछाडिने | Khabarhub Khabarhub

किम जोङ नाम हत्यामा संलग्न भियतनामी युवती तत्काल नछाडिने


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेशियाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोग लागेकी भियतनामी युवतीलाई मुक्त गर्न अस्वीकार गरेको छ । मलेशियाको महान्यायाधीवक्तो कार्यालयले किम जोङ नाम हत्याकी अभियुक्त भियतनामी नागरिक डुआन थी हुओङलाई तत्काल मुक्त गर्न अस्वीकार गरेको हो ।

उनको अभियोगमा आगामी अप्रिल १ मा मलेशियाको अदालतमा सुनुवाई हुने कार्यक्रम छ । यसअघि भियतनामका विदेशमन्त्री तथा न्यायमन्त्रीले मलेशियाका विदेशमन्त्री तथा महान्यायाधीवक्तालाई आफ्नी नागरिकलाई मुक्त गर्न आग्रह गरेका थिए ।

मलेशियाको महान्यायाधीवक्ताको कार्यालयले भने उनलाई तत्काल मुक्त गर्न अस्वीकार गरेको विषयमा भियतनामको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ ।

त्यसअघि सोही अभियोग खेपिरहेकी अर्की इण्डोनेशियाकी युवती सिती आइशामाथि लागेको अभियोग मलेशयाली अभियोजनकर्ताले फिर्ता लिएपछि उनलाई गत सोमबार मुक्त गरिएको थियो ।

इण्डोनेशियाली युवतीलाई मुक्त गरेपछि भियतनामी अधिकारीले पनि आफ्नी नागरिकलाई रिहा गर्न मलेशियाली अधिकारीसमक्ष आह्वान गरेका थिए ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको सन् २०१७ को फेब्रुअरीमा मलेशियाको कुआलालम्पुरको विमानस्थलमा प्रतिबन्धित विषाक्त रसायन भीएक्स नर्भको प्रयोग गरी हत्या गरिएको थियो । हत्यामा एक इण्डोनेशियाली तथा अर्की भियतनामी युवतीको संलग्नता रहेको भन्दै मलेशियाका अभियोजनकर्ताले कानूनी प्रक्रिया अघि बढाएका थिए ।

उत्तर कोरियाली जासुसहरुले ती दुई युवतीलाइ जापानी रियालिटी टेलिभिजन शोका लागि प्राङ्याक गर्नका लागि भन्दै किम जोङ नामको अनुहारमा भीएक्स नर्भ दल्न लगाएका थिए । अनुहारमा भीएक्स नर्भ दलेको केही समयमा नै किम जोङ नामको मृत्यु भएको थियो ।

यद्यपि दक्षिण कोरियाली अभियोजनकर्ताले भने किम जोङ नामको हत्या उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको ठाडो निर्देशनमा भएको र ती दुई युवतीलाई फसाइएको टिप्पणी गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ५ : २० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम