किम जोङ नाम हत्यामा संलग्न भियतनामी युवती तत्काल नछाडिने « Khabarhub

किम जोङ नाम हत्यामा संलग्न भियतनामी युवती तत्काल नछाडिने


३० फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेशियाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको अभियोग लागेकी भियतनामी युवतीलाई मुक्त गर्न अस्वीकार गरेको छ । मलेशियाको महान्यायाधीवक्तो कार्यालयले किम जोङ नाम हत्याकी अभियुक्त भियतनामी नागरिक डुआन थी हुओङलाई तत्काल मुक्त गर्न अस्वीकार गरेको हो ।

उनको अभियोगमा आगामी अप्रिल १ मा मलेशियाको अदालतमा सुनुवाई हुने कार्यक्रम छ । यसअघि भियतनामका विदेशमन्त्री तथा न्यायमन्त्रीले मलेशियाका विदेशमन्त्री तथा महान्यायाधीवक्तालाई आफ्नी नागरिकलाई मुक्त गर्न आग्रह गरेका थिए ।

मलेशियाको महान्यायाधीवक्ताको कार्यालयले भने उनलाई तत्काल मुक्त गर्न अस्वीकार गरेको विषयमा भियतनामको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ ।

त्यसअघि सोही अभियोग खेपिरहेकी अर्की इण्डोनेशियाकी युवती सिती आइशामाथि लागेको अभियोग मलेशयाली अभियोजनकर्ताले फिर्ता लिएपछि उनलाई गत सोमबार मुक्त गरिएको थियो ।

इण्डोनेशियाली युवतीलाई मुक्त गरेपछि भियतनामी अधिकारीले पनि आफ्नी नागरिकलाई रिहा गर्न मलेशियाली अधिकारीसमक्ष आह्वान गरेका थिए ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको सन् २०१७ को फेब्रुअरीमा मलेशियाको कुआलालम्पुरको विमानस्थलमा प्रतिबन्धित विषाक्त रसायन भीएक्स नर्भको प्रयोग गरी हत्या गरिएको थियो । हत्यामा एक इण्डोनेशियाली तथा अर्की भियतनामी युवतीको संलग्नता रहेको भन्दै मलेशियाका अभियोजनकर्ताले कानूनी प्रक्रिया अघि बढाएका थिए ।

उत्तर कोरियाली जासुसहरुले ती दुई युवतीलाइ जापानी रियालिटी टेलिभिजन शोका लागि प्राङ्याक गर्नका लागि भन्दै किम जोङ नामको अनुहारमा भीएक्स नर्भ दल्न लगाएका थिए । अनुहारमा भीएक्स नर्भ दलेको केही समयमा नै किम जोङ नामको मृत्यु भएको थियो ।

यद्यपि दक्षिण कोरियाली अभियोजनकर्ताले भने किम जोङ नामको हत्या उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको ठाडो निर्देशनमा भएको र ती दुई युवतीलाई फसाइएको टिप्पणी गर्दै आएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहीबार  ५ : २० बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र