सर्लाहीमा बस दुर्घटना, ३ जनाको मृत्यु « Khabarhub

सर्लाहीमा बस दुर्घटना, ३ जनाको मृत्यु


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सर्लाही– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ मा यात्रु बोकेको बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ जना घाइते भएका जनाइएको छ ।

लालबन्दी–१ बागवानीको जंगलमा आइतबार बिहान बा३ख १३१८ नम्बरको बस पल्टिएको हो ।

बसमा सिन्धपाल्चोकस्थित जोशी हाइड्रोपावरमा काम गर्ने मजदूर सवार रहेको जनाइएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा मोरङका श्रीमान्त चौधरी, सुनसरीका अनिल उराउ र बबी उराउ रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतित सिंह राठोरले जानकारी दिए ।

डिएसपी राठोरका अनुसार घाइते ३१ जनामध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइते भएकामध्ये २७ जनाको लालबन्दी स्थित स्थानीय अस्पतालमा र ४ जनाको विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १० : ३७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा