दुई फिल्म हलमा, तर हिरो गुमनाम ! « Khabarhub

दुई फिल्म हलमा, तर हिरो गुमनाम !


१ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत शुक्रवार नेपालमा एकसाथ दुई फिल्म रिलिज गरिए । ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ एकसाथ सिनेमा घरमा रिलिज भए । फिल्ममा अनमोल केसी र सलिनमान बनियाको निकै चर्चा गरियो ।

फिल्मबाट डेब्यु नायिकाद्वय सुहाना थापा र मलिका महतको पनि निकै चर्चा भयो । तर, दुवै फिल्ममा मुख्य भूमिका निभाएका सलोन बस्नेतको भने कहीँकतै चर्चा भएन । यतिबेला उनी दुवै फिल्मको प्रतिक्रिया लिनमा व्यस्त छन् ।

फिल्म ‘ए मेरो हजुर ३’ मा सलोन अनमोल केसीको साथी बनेर अभिनय गरेका छन् । फिल्ममा उनी मुख्य भूमिकामा नै छन् । फिल्ममा उनलाई इन्जिनियर विद्यार्थीका रुपमा देखाइएको छ । जो सानैदेखि प्रेम (अनमोल केसी) सँग साथी बनेका छन् । अभिनयका हिसाबले उनको अभिनयको पनि तारिफ गरिएको छ ।

संयोग नै भन्नुपर्छ, हलमा रिलिज भइरहेको सलोनको अर्को फिल्म ‘यात्रा’ मा पनि उनको मुख्य भूमिका छ । र, सलोन एक पात्रको सानैदेखिको साथी हुन्छन् । यो फिल्ममा सलोनको चरित्र ‘ए मेरो हजुर ३’ को भन्दा फरक पनि छ ।

सलोनले मुख्य भूमिका निभाएका एकसाथ दुई फिल्म रिलिज भए पनि उनी गुमनाम छन् । उनको खासै चर्चा छैन । जबकि, सलोन पनि अनमोल केसीसँगै उदाएका अभिनेता हुन् ।

हलमा दुई फिल्मले व्यापार गरिरहँदा पनि आफ्नो चर्चा नहुँदा सलोनलाई पनि नमज्जा नै लाग्दो हो पक्कै ! सलोनले पनि आफ्नो करिअरलाई ख्याल गरेर राम्रा भूमिकामा काम गर्ने हो भने उनलाई अझ फाइदा हुने थियो कि !

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  ५ : १९ बजे

ओली र गगनलक्षित बालेनको अभिव्यक्तिविरूद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह

गोविन्दा दम्पत्तिको विवाद फेरि चर्चामा : दुवै पक्षका आ-आफ्नै दाबी !

काठमाडौं- बलिउडका अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता अहुजाबीचको सम्बन्धमा

बाँकेमा प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारी तीव्र, तीन लाख ५० हजारभन्दा बढी मतदाता

जानकी– आसन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आवश्यक पूर्वतयारीका

गुडिरहेको गाडीबाट सडकमा पछारिए बालेन समर्थक, पाँचजना घाइते

बाँके- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहका

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पहिलाकै प्याकेज यथावत्

काठमाडौं– नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको विन्टर अफर लयाएको छ ।