३ दिनको मौसम : मेघ गर्जनसहितको वर्षा र हिमपातको सम्भावना | Khabarhub Khabarhub

३ दिनको मौसम : मेघ गर्जनसहितको वर्षा र हिमपातको सम्भावना


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजधानी काठमाडौंसहित देशभरको अहिलेको मौसम सफा रहेपनि दिउँसो केहिस्थानमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली क्षेत्रमा हिमपात पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको ३ दिनको मौसमको विवरण यस्तो छ :

आज, वैशाख ३१ गते (मंगलबार):

दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

राति: देशभरि आंशिकदेखि सामान्य बदलि रही देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

भोलि, जेष्ठ ०१ गते (बुधबार):

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भू-भागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

पर्सी, जेष्ठ ०२ गते (बिहिबार):

दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिम र मध्य पहाडीका थोरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि भू-भागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  ९ : १४ बजे

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट एक महिलाको

वीरगञ्ज नाकाबाट ६ खर्ब २५ अर्बको आयात, एक खर्ब एक अर्बको निर्यात

वीरगञ्ज– गत आर्थिक वर्ष (आव) वीरगञ्ज नाका हुँदै ६ खर्ब

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु

रौतहट– रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको