तीन म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा | Khabarhub Khabarhub

तीन म्यानपावर कम्पनीमा वैदेशिक रोजगार विभागको छापा


३१ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीमा छापामा छापा हानेको छ । जुपिटर ओभरसीज प्रालि, स्काई अफ दि वल्र्ड र ट्रष्ट नेपाल ओभरसीज प्रालिमा छापा मारेर केही कागतजागत नियन्त्रणमा लिएको विभागले जानकारी दिएको छ । यी म्यानपावर कम्पनीमा विमागका महानिर्देशक डा.भिष्मकुमार भूषालकै नेतृत्वमा छापा मारिएको विभागले जनाएको छ ।

रोजगारीका क्रममा कामदारलाई समस्या पर्ने र ठगि गर्ने कुनै पनि म्यानवारलाई कानुन छुट नुहने महानिर्देशक डा.भुषालले बताए ।

ती म्यानपावर कम्पनीले पूर्व स्वीकृति नै नगरि मलेसियाको इमिग्रेसन सेक्युरिटी क्लियरेनस (आईएससी) गराउन कामदार पठाएको उजुरी विभागमा परेको थियो । सरकारले नयाँ कामदार पठाउन अनुमति नदिएको अवस्थामा पनि प्रति कामदार ३२ सय रुपैंया लिएर मलेसियाको जिएसजी गराएको दावी विभागमा परेको उजुरीमा रहेको बताइएको छ ।

जुपिटर ओभरसीज प्रालि र स्काई अफ द वल्र्डमा फ्रि भिसा, फ्रि टिकट अन्तरगतको डिमाण्डमा कामदार छनौटमा समस्या देखिका कारण छापा मारिएको विभागले जानकारी दिएको छ ।

मलेसियाबीच गत कार्तिकमा भएको द्विपक्षीय श्रम समझदारीपछि पनि नयाँ कामदार मलेसिया जान पाएका छैनन् । सरकारले गत चैत अन्तिम साता कलिङ भिसा आएका कामदारको मात्र अन्तिम श्रम स्वीकृति दिएको छ । पछिल्लो समय म्यानपावर व्यवसायीले मलेसिया कामदार पठाउनै भन्दै व्यवसायीले धामधाम अन्तर्वार्ता लिइरहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७६, मंगलबार  १० : ३० बजे

सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु

सप्तरी– सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ मोहनपुरमा बिहीबार सर्पदंशबाट एक महिलाको

वीरगञ्ज नाकाबाट ६ खर्ब २५ अर्बको आयात, एक खर्ब एक अर्बको निर्यात

वीरगञ्ज– गत आर्थिक वर्ष (आव) वीरगञ्ज नाका हुँदै ६ खर्ब

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर तीनजनाको मृत्यु

रौतहट– रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको