वर्षाको बिहे गर्ने चाहना हो ? « Khabarhub

वर्षाको बिहे गर्ने चाहना हो ?


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका वर्षा शिवाकोटी पछिल्लो समय चर्चामा छिन् । खासै दर्शन तान्न नसकेको फिल्म ‘वीर विक्रम २’ मा उनी केन्द्रीय भूमिकामा थिइन् । यो फिल्मबाट उनले खुबै आशा राखेकी थिइन् । तर, फिल्मको कथा नै तिरमिर हुँदा फिल्म चलेन ।

सीधा हिसाबमा भन्दा यो फिल्ममा पल शाह, नाजिर हुसेन र वर्षा शिवाकोटी कसैलाई पनि फाइदा पु–याएन । बरु मिलन चाम्सलाई समीक्षा गरेको आधारमा कमेडियन पक्राउ गरेको भन्ने आरोप लाग्यो ।

पछिल्लो समय वर्षाले सामाजिक सञ्जालमा आफूलाई सारीमा सजाएका तस्वीर अपलोड गर्न थालेकी छिन् । एकपटक मात्र होइन, उनले पटकपटक सारीमा सजिएका तस्वीर शेयर गर्ने गरेकी छिन् ।

कतिपयले वर्षालाई बिहे गर्न मन लागेको हो त ? भनेर प्रश्न गरेका छन् । लामो समय फिल्म क्षेत्रमा काम गरे पनि उनको करिअरमा भने खासै चमकता आउन सकेन । यद्यपि म्युजिक भिडियोमा भने वर्षा राम्रै जमेकी छिन् ।

केही हप्ताअघि मात्र उनले सामाजिक सञ्जालमा सारी लगाएको तस्वीर शेयर गर्दै ‘रहर छ’ लेखेकी थिइन् । त्यसको केही समय नबित्दै फेरि उनले केही तस्वीर शेयर गर्दै लेखेकी थिइन्, ‘किन मन हुन्छ चञ्चल ।’

पछिल्लो समय वर्षाको नाम मिलन चाम्ससँग पनि जोडिएर आउँछ । यद्यपि वर्षाले भने चाम्सलाई आफ्नो अभिभावक भएको बताउँदै आएकी छिन् । वर्षालाई फ्यानले बिहे गर्ने मन पलाएको भन्दै अड्कल काटेका छन् । जे भए पनि उनले यतिबेला धेरैको ध्यान भने तान्न सफल भएकी छिन् । यो चाहिँ पक्का हो ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १२ : ५४ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार