वर्षाको बिहे गर्ने चाहना हो ? « Khabarhub

वर्षाको बिहे गर्ने चाहना हो ?


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका वर्षा शिवाकोटी पछिल्लो समय चर्चामा छिन् । खासै दर्शन तान्न नसकेको फिल्म ‘वीर विक्रम २’ मा उनी केन्द्रीय भूमिकामा थिइन् । यो फिल्मबाट उनले खुबै आशा राखेकी थिइन् । तर, फिल्मको कथा नै तिरमिर हुँदा फिल्म चलेन ।

सीधा हिसाबमा भन्दा यो फिल्ममा पल शाह, नाजिर हुसेन र वर्षा शिवाकोटी कसैलाई पनि फाइदा पु–याएन । बरु मिलन चाम्सलाई समीक्षा गरेको आधारमा कमेडियन पक्राउ गरेको भन्ने आरोप लाग्यो ।

पछिल्लो समय वर्षाले सामाजिक सञ्जालमा आफूलाई सारीमा सजाएका तस्वीर अपलोड गर्न थालेकी छिन् । एकपटक मात्र होइन, उनले पटकपटक सारीमा सजिएका तस्वीर शेयर गर्ने गरेकी छिन् ।

कतिपयले वर्षालाई बिहे गर्न मन लागेको हो त ? भनेर प्रश्न गरेका छन् । लामो समय फिल्म क्षेत्रमा काम गरे पनि उनको करिअरमा भने खासै चमकता आउन सकेन । यद्यपि म्युजिक भिडियोमा भने वर्षा राम्रै जमेकी छिन् ।

केही हप्ताअघि मात्र उनले सामाजिक सञ्जालमा सारी लगाएको तस्वीर शेयर गर्दै ‘रहर छ’ लेखेकी थिइन् । त्यसको केही समय नबित्दै फेरि उनले केही तस्वीर शेयर गर्दै लेखेकी थिइन्, ‘किन मन हुन्छ चञ्चल ।’

पछिल्लो समय वर्षाको नाम मिलन चाम्ससँग पनि जोडिएर आउँछ । यद्यपि वर्षाले भने चाम्सलाई आफ्नो अभिभावक भएको बताउँदै आएकी छिन् । वर्षालाई फ्यानले बिहे गर्ने मन पलाएको भन्दै अड्कल काटेका छन् । जे भए पनि उनले यतिबेला धेरैको ध्यान भने तान्न सफल भएकी छिन् । यो चाहिँ पक्का हो ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १२ : ५४ बजे

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय

सिमलताल दुर्घटना : गणपति डिलक्सको बसभित्र एउटा मानव कङ्काल भेटियो

चितवन- तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेंसीस्थित त्रिशुलू नदी किनारमा भेटिएको गणपति

मुख्यमन्त्री कार्कीद्वारा सुशासन र असल अभ्यासमा जोड

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा