‘पोलको भाडा बढे इन्टरनेट शुल्क पनि बढ्छ’ « Khabarhub

‘पोलको भाडा बढे इन्टरनेट शुल्क पनि बढ्छ’


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल विद्युत प्राधिकरणले तय गरेको नयाँ पोलभाडा तिर्नुपरे इन्टरनेटको शुल्कमा वृद्धि हुने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

सेवा–प्रदायकहरुको ढाडै सेक्नेगरी प्राधिकरणले ल्याएको नँया भाडादरले ईन्टरनेटको शुल्क १५ देखि २० प्रतिशतसम्म बढ्नसक्ने उनीहरुले चेतावनी दिएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले हाल एक पोल वापत प्रति वर्ष १५० रुपैयाँ भाडा लिँदै आएको छ । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइएसपीएएन्) का अध्यक्ष भोजराज भट्ट भन्छन् ‘यहि आर्थिक वर्षदेखि लागुहुने गरी प्रति किलोमिटर तारको मोटाई अनुसार प्रति महिना २७ सय रुपैयाँसम्म भाडा प्राधिकरणले तय गरेको छ, भोली टेलिकमले पनि त्यही अनुसार भाडा लिएमा मूल्य वृद्धि गर्नुको कुनै विकल्प छैन । ’

अध्यक्ष भट्टले प्राधिकरणले भाँडा वृद्धि गरे अन्ततः त्यसको भार उपोभोक्तालाई पर्ने बताउँछन् । केही समय अघि विद्युत प्राधिकरण, दुरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीचको छलफलमा पोलभाडा व्यवस्थापन गर्न एक समिति गठन गर्ने निर्णय भएको थियो । समितिको निर्णय बिनै प्राधिकरणले पोल भाँडा बढाउने निर्णय गरेपछि इन्टरनेट प्रधायकहरु अक्रोशित बनेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  १ : २९ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम