विचौलियालाई निरुत्साहित गर्दै आफै दूध बिक्री गर्न थाले किसान « Khabarhub

विचौलियालाई निरुत्साहित गर्दै आफै दूध बिक्री गर्न थाले किसान


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– दुग्ध ब्यवसायीहरुलाई चुनौती दिँदै नवलपुरमा ब्यवसायीक पशुपालन गर्दै आएका किसानहरु आफैले दूध डेरी सञ्चालनमा ल्याएका छन् ।

विचौलियालाई सस्तो मूल्यमा दुध दिनुपर्ने र समयमा भुक्तानीसमेत नपाउने समस्या भएपछि ब्यवसायीक किसानहरु मिलेर आफैले कावासोतीमा दुध डेरी सञ्चालनमा ल्याएका हुन् ।

नवलपुरको कावासोती नगरपालिका भित्रका झण्डै २५ जना ब्यवसायीक पशुपालक किसानले दुध डेरी सञ्चालन गरी आफूले उत्पादन गरेका दुध आफैले विक्री गर्न थालेपछि विचौलियाहरु अत्तालिएका छन् । खाँटी दुग्ध डेरी नाम दिएर किसान आफैले दूध विक्री सञ्चालनमा ल्याएका छन् ।

‘कावासोती नगरपालिकाभित्रका हाल २५ जना खासगरी भैंसीपालक किसानहरु मिलेर डेरी सञ्चालनमा ल्याएका हौं’, खाँटी दुग्ध डेरीका अध्यक्ष हरीप्रसाद पंगेनीले भने, ‘यसलाई विस्तार गरी सबै ब्यवसायीक किसानहरुलाई समेट्ने योजना बनाएका छौं ।’

विचौलियालाई सस्तो मूल्यमा दुध दिनुपर्ने र समयमा भुक्तानीसमेत नपाउँदा समस्या हुने गरेको अर्का ब्यवसायीक किसान संगिता तिमिल्सिनाले बताइन् ।

आफ्नो गोठको दूध उपभोक्तालाई आफैले बेच्न पाउँदा किसानहरु निकै खुशी देखिएका छन् । नमुना बहुउद्देश्य सहकारी संस्थामा आवद्ध हुने गरी किसानहरुले वैशाख १ गतेदेखि डेरी सञ्चालनमा ल्याएका हुन् । भैंसीको शुद्ध दूध पाइने भएपछि डेरीमा उपभोक्ताहरुको लाइन लाग्ने गरेको छ ।

खाँटी दुधको बजार विस्तार गरी नवलपुर जिल्ला सबैलाई समेट्ने र निकट भविष्यमा छिमेकी जिल्लाहरुमा समेत पुर्याउने लक्ष्य रहेको खाँटी दुग्ध डेरीका सचिव नारायण पंगेनीले बताए।

हाल ९० रुपैंया प्रतिलिटरका दरले दुध विक्री गरिरहेको यो डेरीमा दहि, मोही, नौनी, पनिर लगायतका परिकार उपलब्ध रहेको छ । छिट्टै दुधजन्य अन्य परिकारहरु पनि उत्पादन गरिने र दुधलाई प्याकेजिङ्मा लैजाने लक्ष्य ब्यवासयीक किसानहरुको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  २ : २३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह