लघुवित्तलाई मर्जरका लागि तयार रहन गभर्नर डा. नेपालको आग्रह « Khabarhub

लघुवित्तलाई मर्जरका लागि तयार रहन गभर्नर डा. नेपालको आग्रह


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर नेपालले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि आर्थिक गतिविधि बढाउनका लागि आर्थि टेवा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक रहेको बताएका थिए ।

नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई पटक पटक आग्रह गर्दै आएको छ । गभर्नर नेपालले असारभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको स्थापना गरिसक्नु पर्ने भएकाले मर्जरका लागि तयार हुनुपर्ने उदघोष गरेका थिए ।

७ सय ५३ वटा स्थानीय तहमध्ये ७ सय २८ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्था पुगिसकेको र बाँकी स्थानीय तहमा असारभित्रै बैंक तथा वित्तिय संस्था पुर्‍याउने बैकको योजना रहेको गभर्नर नेपालले जानकारी गराएका थिए ।

समस्यामा परेका लघुवित्त संस्थाहरुलाई पनि सो मर्जर नीतिले ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ४ : ५२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह