कुन अंगमा भएको कोठीको संकेत के ? « Khabarhub

कुन अंगमा भएको कोठीको संकेत के ?


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामान्यतया मानिसको शरीरको विभिन्न भागको कोठी देखिन्छ ।

धर्मशास्त्र अनुसार, शरीरमा हुने ती कोठीले राम्रो र नराम्रो दुवै फल दिन्छ । यसका बैज्ञानिक कारण नभएपनि धार्मीक रुपमा भने यसको महत्व रहँदै आएको छ । यहाँ हामीले त्यस्तै केही कोठीको चर्चा गरेका छौं । जुन कोठीले तपाईंको जीवन बारे कस्तो संकेत गरिरहेको छ त ?

– शास्त्र अनुसार, दायाँ आँखी भौँ भन्दा माथि र ओठ भन्दा माथि भएको कोठीले सुख वृद्धि गर्छ । त्यस्ता व्यक्तिहरुको दाम्पत्य जीवन समेत राम्रो हुन्छ ।

– बायाँ आँखी भौँमा आएको कोठी भने अशुभको लक्षण हो । त्यस्ता व्यक्तिहरुको दाम्पत्य जीवनमा नकारात्मक हुने शास्त्रमा उल्लेख छ ।

– यदि गर्दन र काँध जोडिएको भागमा कोठी छ भने त्यसलाई पनि शुभ मानिन्छ । त्यस्ता व्यक्तिहरु कर्मठ र जीवनमा सफलता हासिल गर्न सक्षम हुन्छन् ।

– गलामा कोठी आएको व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुन्छन् ।

– काखीमा कोठी हुनु पनि शुभ मानिन्छ ।

– नाकको अघिल्लो भागमा कोठी हुनेहरु भोग विलासमा अधिक रुचि राख्ने हुन्छन् ।

– नाकको दाहिने तर्फ कोठी हुनेहरु कम प्रयासमै अधिक लाभ प्राप्त गर्न सक्ने हुन्छन् । तर, नाकको देब्रेपटि कोठी हुनुलाई चाहिं अशुभ मानिन्छ ।

– खुट्टाको औंलामा आएको कोठी अशुभ मानिन्छ । यस्ता व्यक्ति स्वतन्त्ररुपमा जीवन यापन गर्न सक्दैनन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : ०५ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज