फिफा बरियतामा नेपालको स्तर ओरालो « Khabarhub

फिफा बरियतामा नेपालको स्तर ओरालो


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को वरियतामा नेपाली राष्ट्रिय फुटबल टोलीको ४ स्थान घटुवा भएको छ ।

शुक्रबार सार्वजनिक नयाँ फिफा बरियतामा नेपाली फुटबल टोली १ सय ६५ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो । पछिल्लो समय नेपाली फुटबल टोलीले तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो । जसमा कुवेतसँग २ खेल खेलेकोमा १ खेलमा हार व्येहोर्दा १ खेल बराबरी खेलेको थियो ।

त्यस्तै, केही दिन अगाडि मात्रै मलेसिया र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाली टोली मलेसियासँग पराजित भएको थियो भने ताइपेइसँग बराबरी खेलेको थियो ।

दक्षिण एसियाली क्षेत्रमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १ सय १ औं र माल्दिभ्स १ सय ५१ औं स्थानमा छ ।

नेपालभन्दा तल्लो वरियतामा बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तान रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थान यथावत छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो तथा पाँचौं स्थानको क्रोएसिया छैठौं स्थानमा झर्दा छैठौं स्थानको पोर्चुगल एक स्थानमाथि उक्लिदै पाँचौ स्थानमा पुगेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : ०२ बजे

जाँचबुझ आयोगले अर्को साता ओली र लेखकसँग बयान लिने

कामाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका