फिफा बरियतामा नेपालको स्तर ओरालो « Khabarhub

फिफा बरियतामा नेपालको स्तर ओरालो


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को वरियतामा नेपाली राष्ट्रिय फुटबल टोलीको ४ स्थान घटुवा भएको छ ।

शुक्रबार सार्वजनिक नयाँ फिफा बरियतामा नेपाली फुटबल टोली १ सय ६५ औं स्थानमा पुगेको हो । यसअघि नेपाल १ सय ६१ औं स्थानमा थियो । पछिल्लो समय नेपाली फुटबल टोलीले तीन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो । जसमा कुवेतसँग २ खेल खेलेकोमा १ खेलमा हार व्येहोर्दा १ खेल बराबरी खेलेको थियो ।

त्यस्तै, केही दिन अगाडि मात्रै मलेसिया र चाइनिज ताइपेईसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपाली टोली मलेसियासँग पराजित भएको थियो भने ताइपेइसँग बराबरी खेलेको थियो ।

दक्षिण एसियाली क्षेत्रमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि भारत १ सय १ औं र माल्दिभ्स १ सय ५१ औं स्थानमा छ ।

नेपालभन्दा तल्लो वरियतामा बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तान रहेको छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थान यथावत छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ल्याण्ड चौथो तथा पाँचौं स्थानको क्रोएसिया छैठौं स्थानमा झर्दा छैठौं स्थानको पोर्चुगल एक स्थानमाथि उक्लिदै पाँचौ स्थानमा पुगेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : ०२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार