इन्टरनेटको शुल्क बृद्धि नहुने « Khabarhub

इन्टरनेटको शुल्क बृद्धि नहुने


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले इन्टरनेट सेवा प्रदायकलाई विभिन्न शीर्षकमा राजस्व छुट दिने भएपछि इन्टरनेटको शुल्क बृद्धि नहुने भएको छ ।

इन्टरनेट वायर तथा राउटर लगायतका उपकरण जडान, लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत सम्भार शुल्कमा सरकारले दुरसञ्चार सेवा शुल्कमा छुट दिने भएपछि इन्टरनेटको शुल्क वृद्धि नहुने भएको हो ।

यसअघि इन्टरनेट प्रदायकहरुले २० प्रतिशतसम्म शुल्क बढ्ने सूचना ग्राहकलाई पठाएका थिए । सरकारले इन्टरनेट सेवा प्रदायकको माग सम्बोधन गरेकाले तत्काल इन्टरनेटको शुल्क नबढ्ने सर्भिस प्रोभाइडर एशोसिएसन अफ नेपाल (आइएसपीएएन्) का अध्यक्ष भोजराज भट्टले जानकारी दिए ।

सरकारलाई १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क तिर्न भन्दै आगामी साउन १ गतेदेखि इन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट २० प्रतिशत शुल्क उठाउने निर्णय गरेका थिए । सरकारले विभिन्न शीर्षकमा राजस्व छुट दिने भएपछि व्यवसायीहरुले शुल्क नबढाउने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : १५ बजे

झापा–५ मा बालेन्द्र शाह अगाडि, तेस्रो स्थानमा श्रम संस्कृति पार्टी

काठमाडौं– झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनामा

रुकुमपूर्वमा मतगणना सुरु

रुकुमपूर्व– हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार

नेमकिपाको गढ भक्तपुर–१ मा रास्वपा धेरै मतले अगाडि

भक्तपुर– प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । बिहीबार

रास्वपा ३६ ठाउँमा अगाडि, एमाले ६ र कांग्रेस २ क्षेत्रमा अग्रता

काठमाडौं– देशभर जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

अधिकृतको हस्ताक्षर विवादले स्याङ्जा-२ मा मतगणना सुरु हुन सकेन

स्याङ्जा – स्याङ्जा-२ को मतगणनामा विवाद भएको छ । ८९