कोपा अमेरिका: उद्घाटन खेलमा ब्राजिल र बोलिभिया भिड्दै « Khabarhub

कोपा अमेरिका: उद्घाटन खेलमा ब्राजिल र बोलिभिया भिड्दै


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोपा अमेरिकाको ४६ औं संस्करण आज (शुक्रबार)बाट शुरु हुँदैछ । दक्षिण अमेरिकी महादेशका १० टोली र दुई आमन्त्रीत टोलीले प्रतिस्पर्धा गर्ने यस प्रतियोगिताको पहिलो खेलमा आयोजक ब्राजिल र बोलिभियाले खेल्दैछन् ।

ब्राजिलमा भइरहेको प्रतियोगिता जुन १४ अर्थात् आजबाट जुलाई ७ सम्म चल्नेछ । प्रतियोगिताको पहिलो खेल नेपाली समय अनुसार शनिबार बिहान सवा ६ बजेबाट शुरु हुनेछ । ब्राजिलमा आयोजना हुने यस संस्करणमा दक्षिण अमेरिकाका १० र आमन्त्रीत दुई गरी कूल १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । आमन्त्रित टोलीहरुमा एसियाका दुई शीर्ष देशहरुले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाको पावर हाउसका रुपमा पहिचान बनाएको जापान र सन् २०२२ को विश्वकपको आयोजक टोली कतार रहेका छन् । प्रतियोगितामा सहभागी १२ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । साविक विजेता टोली चिली देखि ब्राजिल, अर्जेन्टिना, कोलम्बिया र उरुग्वेलाई उपाधिको दाबेदार टोलीका रुपमा हेरिएको छ भने एसियाबाट सहभागीता जनाएका जापान र कतार कोपा अमेरिकामा सुधारिएको खेल प्रस्तुत गर्ने फुटबल पण्डितहरु बताउँछन् ।

विश्वका चर्चित खेलाडी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको टोली अर्जेन्टिनाको प्रदर्शन र मेस्सीको टोलीका लागि योगदान कस्तो रहला भन्ने पनि यतिबेला आम फुटबल प्रशंसकको चासो छ । यता, आयोजक ब्राजिल भने स्टार खेलाडी नेयमार विनै मैदान उत्रिदैछ । नेसन्स लिग छनोट खेलमा चोटग्रस्त भएका नेयमार ब्राजिल टोलीबाट तीन हप्ताका लागि आराम पाएका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ६ : २७ बजे

यस्ता छन् प्रगतिशील लोकतान्त्रिकको पहिलो बैठकका १५ निर्णय

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को केन्द्रीय समितिको पहिलो बैठकले

देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाकानगर प्रमुख हर्कराज

मेसीको भिडियोबाट गायब भए शाहरुख, राहुल र फडणवीस

नयाँदिल्ली- लियोनल मेसीले आफ्नो गट इन्डिया टुर २०२५ सम्पन्न भएपछि

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय