चिठ्ठामा २५ लाख पर्‍यो भन्दै ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

चिठ्ठामा २५ लाख पर्‍यो भन्दै ठगी गर्ने दुई जना पक्राउ


३१ जेष्ठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिठ्ठामा २५ लाख परेको भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

‘इमो’ मार्फत इलामका पासाङ शेर्पालाई चिठ्ठामा २५ लाख रुपैयाँ परेको भन्दै त्यसबापत लाग्ने कर रु १ लाख २० हजार रुपैयाँ ठगेको आरोपमा विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहालाई मोरङ प्रहरीले प्रक्राउ गरेको हो ।

पक्राउ परेका हरुले इलामका शेर्पालाई चिठ्ठामा परेको रकम पाउनलाई पहिला राजस्व बुझाउनुपर्ने भन्दै पटक–पटक गरी १ लाख २० हजार रुपैया बैंक खातामा हाल्न लगाई फरार भएका थिए । प

क्राउ परेका मलाहा गत वर्ष पनि ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट रु दुई लाख धरौटीमा छुटेका थिए । उनीहरुलाई ठगी सम्बन्धी कसूरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  ६ : ४१ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार