जापानी ‘मेस्सी’ रियल मड्रिडमा आवद्ध « Khabarhub

जापानी ‘मेस्सी’ रियल मड्रिडमा आवद्ध


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस महारथी रियल मड्रिडले एसियाली फुटबलको पावर हाउस जापानका खेलाडी ताकेफुसा कुवोलाई क्लबमा आवद्ध गरेको छ । शुक्रबार उनलाई रियलले क्लबमा लिन सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

रियलले उनलाई विश्वमै उत्कृष्ट खेल्ने खेलाडीका रुपमा परिभाषित गर्दै टोलीमा आवद्ध गरेको छ । कुवो जापानका ‘मेस्सी’ को रुपमा चिनिन्छन् । मिड्फिल्डर कुवोलाई रियल मड्रिडको रिजर्भ टिम कस्टियामा लिएको हो । १८ वर्षीय कुवो शनिबारबाट शुरु हुन लागेको कोपा अमेरिकाका लागि जापानी टोलीबाट खेल्न ब्राजिल पुगेका छन् ।

उनले जापानबाट जुन ९ मा एल साल्भाडोरविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । रियलले उनलाई २ मिलियन युरो खर्च गरेको छ । उनलाई रियलले ५ वर्षका लागि क्लबमा लिएको अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : १४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन