जापानी ‘मेस्सी’ रियल मड्रिडमा आवद्ध « Khabarhub

जापानी ‘मेस्सी’ रियल मड्रिडमा आवद्ध


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस महारथी रियल मड्रिडले एसियाली फुटबलको पावर हाउस जापानका खेलाडी ताकेफुसा कुवोलाई क्लबमा आवद्ध गरेको छ । शुक्रबार उनलाई रियलले क्लबमा लिन सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

रियलले उनलाई विश्वमै उत्कृष्ट खेल्ने खेलाडीका रुपमा परिभाषित गर्दै टोलीमा आवद्ध गरेको छ । कुवो जापानका ‘मेस्सी’ को रुपमा चिनिन्छन् । मिड्फिल्डर कुवोलाई रियल मड्रिडको रिजर्भ टिम कस्टियामा लिएको हो । १८ वर्षीय कुवो शनिबारबाट शुरु हुन लागेको कोपा अमेरिकाका लागि जापानी टोलीबाट खेल्न ब्राजिल पुगेका छन् ।

उनले जापानबाट जुन ९ मा एल साल्भाडोरविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । रियलले उनलाई २ मिलियन युरो खर्च गरेको छ । उनलाई रियलले ५ वर्षका लागि क्लबमा लिएको अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : १४ बजे

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु

बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा