पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको सह–प्रायोजन « Khabarhub

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको सह–प्रायोजन


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले सह–प्रायोजन गर्ने भएको छ ।

डिस मिडिया नेटवर्क र एनएसजेएफबीच शुक्रबार मुख्य सह प्रायोजन (इन एसोसिएसन विथ) सम्बन्धी सम्झौता भएको हो । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको पल्सर स्पोर्ट्स अवार्डको लागि एनएसजेएफले डिस मिडियासँग लगातार नवौं वर्ष सहकार्य गरेको हो ।

शुक्रबार एक कार्यक्रमबीच एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र डिस मिडिया नेकवर्कका प्रवन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता एक वर्षको लागि गरिएको छ ।

मुख्य सह–प्रायोजकको रुपमा सम्झौता भएसँगै अवार्डको नाम ‘एनएसजेएफ इन एसोसिएसन विथ एक्सन स्पोर्ट्स एचडी प्रिजेन्ट्ज पल्सर स्पोर्ट्स अवार्ड पावर्ड बाई गोल्डस्टार’ को नाममा रहने अध्यक्ष सुवेदीले बताए ।

सम्झौता अनुसार डिस मिडियाले अवार्डका लागि सात लाख रुपैयाँ नगद र चार लाख रुपैयाँ बराबरको डिस होम सेट–अफ बक्स र दुई बर्षसम्म निशुल्क सुविधा उपलब्ध गराउनेछ । ‘ डिस मिडियासँग सम्झौतामा यस पटक गत वर्षभन्दा चार गुणा वृद्धि भएको छ । सरकारले समेत यस पटक अवार्डको लागि रकम छुट्याएको छ,’ अध्यक्ष सुवेदीले भने ।

यसअघि नै कार्यक्रमको पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भइसकेको छ । बर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ । यस्तै, लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेशल अवार्ड र टिम अफ दी इयर अवार्डको घोषणा कार्यक्रमकै दिन गरिनेछ ।

यसपटक पनि उत्कृष्ट पुरुष, महिला, पिपुल्स च्वाइस तथा प्रशिक्षकलाई पल्सर मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्रदान गरिने मञ्चका महासचिव प्रज्व्ल ओलीले बताउनु भयो । पिपुल्स च्वाइस अवार्डकका लागि मनोनयनमा परेका ५ खेलाडीको नाम यसअघि नै सार्वजनिक भइसकेको छ ।
जसमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन छन् । पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको पल्सर मोटरसाइकल रहेको छ । अवार्ड कार्यक्रम असार १७ गते प्रज्ञा भवन कमलादिमा हुनेछ ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ७ : ३० बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको