जब संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी प्रतिनिधिले सार्वजनिक रुपमै गाली खाइन् « Khabarhub

जब संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी प्रतिनिधिले सार्वजनिक रुपमै गाली खाइन्


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी स्थायी प्रतिनिधि मलिहा लोधीलाई एक पाकिस्तानीले सार्वजनिक रुपमै गाली गरेका छन् ।

हालै सार्वजनिक भएको भिडियोमा अमेरिकामा कुनै कार्यक्रम सकेर बाहिरिएपछि उनी सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिइरहेकी थिइन् ।

यतिकैमा एक व्यक्तिले बिचैमा उनको कुरा काटेका थिए । त्यसपछि उनले एक्कासी ‘तिमी चोर हौ र पाकिस्तानको प्रतिनिधित्व गर्न अयोग्य छ्यौ’ भन्छन् । अमेरिकामा एक कार्यक्रम सकेर बाहिरिँदै गर्दा एक जनाले लोधीलाई भ्रष्टाचारको आरोपसमेत लगाएका छन् ।

त्यसपछि लोधीले उनलाई आफ्नो बोली बन्द गर्न भन्छिन् तर, उनले आफूले कुनै लगत काम नगरिरहेको र आफू पाकिस्तानी भएकाले आफूलाई बोल्ने हक भएको बताउँछन् । त्यसपछि केही शान्त हुँदै लोधीले ती पाकिस्तानीलाई उसको व्यवहार देखेर हप्काउँछिन् । उनले उक्त पाकिस्तानीको प्रश्नको जवाफ नदिने समेत बताउँछिन् ।

त्यसपछि लोधी त्यहाँबाट हिँड्न लागेकी थिइन्, यतिकैमा उनी फेरि चिच्याए, ‘तिमीहरु हाम्रो पैसा चोरिरहेका छौं, तिमीहरु पाकिस्तानको प्रतिनिधित्व गर्न योग्य छैनौं ।’

यतिकैमा लोधी केही पर पुगिसकेकी थिइन्, ती पाकिस्तानीले उनलाई पछ्याउन खोजे तर त्यहाँ उपस्थित मानिसहरुले उनलाई शान्त पार्न खोज्छन् । उनी फेरि चिच्याउँछन्, ‘तिमीलाई लाज लाग्नुपर्ने हो, यतिका वर्षदेखि तिमीहरु हाम्रो पैसा मात्र खाइरहेका छौँ ।’

हाल सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ । केही पाकिस्तानीहरुले लोधीप्रति गरिएको व्यवहारको आलोचना गरेका छन् भने अधिकांश पाकिस्तानीले लोधीलाई गाली गर्नेलाई स्याबासी दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ४ : २० बजे

नेपालको आरोप : वर्तमान सरकार जनविरोधी, सुकुम्वासीमाथिको दमन स्वीकार्न सकिँदैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले

नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य, दीपेन्द्रको शानदार शतक

काठमाडौं- आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नेपालले यूएईसमक्ष २९०

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि

गगन थापाले भने- सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा

सांस्कृतिक कार्यक्रमसहित लुम्बिनीमा बुद्ध जयन्ती

काठमाडौं– लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय