रौतहटमा गोली हानी एक युवकको हत्या « Khabarhub

रौतहटमा गोली हानी एक युवकको हत्या


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– रौतहटमा एक युवकको गोली हानी हत्या गरिएको छ ।

जिल्लाको इशनाथ नगरापलिकामा आइतबार साँझ एक युवकलाई गोली हानी हत्या गरिएको हो ।

प्रहरीका अनुसार गोली हानी मारिएका व्यक्तिको पहिचान खुलेको छैन ।

इशनाथ गाउँपालिका–६ अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रभन्दा करिब १ किलोमिटर नेपालतर्फ गोली चलेको थियो ।

स्थानीयका अनुसार ३ जना युवक भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका थिए । सँगै ३ जना युवकमध्ये १ जना मोटरसाइकलबाट ओर्लिएका थिए ।

मोटरसाइकलबाट ओर्लिएका व्यक्तिमाथि अन्य २ जनाले गोली प्रहार गरेका जनाइएको छ ।

गोली प्रहार गर्नेहरु मोटरसाइकल चढेर पुनः भारतर्फ गएको स्थानीयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतले मारिने व्यक्ति भारतीय नै हुनसक्ने जनाएको छ । यद्यपि घटनाको सम्बन्धमा थप अनुसन्धान भने जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १ : ३० बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले