पुष्प व्यवसाय : थोरै लगानीमा धेरै आम्दानी « Khabarhub

पुष्प व्यवसाय : थोरै लगानीमा धेरै आम्दानी


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– शुभकार्य र अन्तिम कार्य फूलबाट नै सुरु हुन्छ । फूल आफैंमा पनि सुन्दर वस्तु हो । घरका कौशीमा फूल रोप्ने र फूलाउने धेरैको शोख पनि हुन्छ । पछिल्ला समय धेरैले व्यवसायिक रुपमा पनि फूलको खेती गर्ने गरेका छन् ।

फूल व्यवसाय सुरु गर्न बढी लगानी पनि नलाग्ने तथा यसको बजार पनि निकै राम्रो भएकाले यसप्रति युवाहरुको आकर्षण बढेको देखिन्छ ।
विशेषगरी चाडपर्वमा माला बनाउन, सजाउन, कसैलाई स्वागत र बिदाइ गर्न र फूलको प्रयोग गरिन्छ । फूल व्यवसाय गर्नेहरुले स्वदेशमै बसेर राम्रो आम्दानी समेत गरिरहेका छन् ।

फूल खेतीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु :

फूल रोप्दा मलिलो माटो छनोट गर्न सकेमा उपयुक्त हुन्छ । पर्याप्त मात्रामा जमिनको व्यवस्था गरेर फूल रोप्न सकेमा राम्रो हुन्छ । फूल उत्पादन गर्न चाहनेहरुले आफैंले बीउ बिजन राख्न पनि सक्छन् र नर्सरीबाट पनि लिन सकिन्छ ।

माटोमा मल मिसाएर रोप्न सकेमा फूल मौलाएर आउने गर्छ । फूल रोपेपछि त्यसको रेखदेख गर्नु जरुरी हुन्छ । उचित समयमा सिचाई गर्ने, मल राख्ने, गोडमेल गर्ने, झार उखल्ने किरा फट्याङ्ग्राबाट जोगाउने काम निरन्तर रुपमा गरिरहनुपर्छ ।


कस्ता फूलहरु बढी बिक्री हुन्छन् ?

रोज, लाहुरे, डाहलिया, गोदावरी, जर्बेरा, पटुनिया, हेज, कार्नेसन, ग्ल्याडिओलास, बगानबेली आदिजस्ता फूलहरुको बिक्री अत्याधिक मात्रामा हुने गरेको पाइन्छ ।

त्यस्तै चाडपर्वका समयमा अन्य फूलहरु बढि बिक्री हुन्छन् । तिहारको समयमा सयपत्री तथा मखमलीको माग बढी हुन्छ । भ्यालेन्टाइन डे का समयमा रोज को बढि माग हुन्छ ।

फूल खेती गर्न लगानी कति ?

अन्य खेतीमा झै फूलखेतीमा पनि कति लगानी हाल्ने हो त्यो कृषक आफैंमा पनि भर पर्छ ।

मौसमी फूलहरु सयपत्री, ग्ल्याडिओलास्, ट्युबरोस जस्ता फूलको खेती गर्दा करिब एक लाख देखि ३ लाख सम्मको लगानी भए पुग्छ ।
बेमौसमी फूल खेती गर्ने हो भने मौसमी फूलको तुलनामा बढी लगानी लाग्छ ।

किनकि यस्ता फूलहरुका लागि ग्रीन हाउस बनाउनु जरुरी हुन्छ । जसकारण बेमौसमी फूलका लागि बढि लगानी लाग्ने हुन्छ ।

आम्दानी धेरै 

सुरुवाती चरणमा थोरै लगानीमा सञ्चालन भएका फूल व्यवसायीहरु अहिले प्रशस्त आम्दानी गरिरहेका छन् । जग्गा भाडामा लिएर विभिन्न प्रजातीका फूल रोप्नेहरुले विस्तारै कामदार राख्ने र उत्पादन बढाउन थालेका छन ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  १ : ४० बजे

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको