चिनियाँ राष्ट्रपतिको भ्रमण सफल पारेको भन्दै गृहमन्त्रीले गरे सुरक्षाकर्मीको प्रशंसा | Khabarhub Khabarhub

चिनियाँ राष्ट्रपतिको भ्रमण सफल पारेको भन्दै गृहमन्त्रीले गरे सुरक्षाकर्मीको प्रशंसा


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिलको राजकीय भ्रमणका क्रममा प्रभावकारी रुपमा सुरक्षा व्यवस्था काम राखेको भन्दै गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छ ।

गृहमन्त्री बादलले सुरक्षा निकायका उच्च अधिकारीहरुलाई गृह मन्त्रालयमा डाकेर सी भ्रमणका क्रममा गरिएको सुरक्षा व्यवस्थापनको प्रशंसा गरेका हुन् । सी भ्रमणका क्रममा गरिएको सुरक्षा व्यवस्थापनले नेपालको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रियस्तरमा नै राम्रो सन्देश गएको गृहमन्त्रीले दाबी गरे ।

सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको उल्लेख गरेका गृहमन्त्री थापाले सुरक्षा नीति निर्माणमा संलग्नदेखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले राष्ट्रपति सीको भ्रमण सफल भएको टिप्पणी गरे ।
चिनियाँ पक्षले समेत भ्रमणको क्रमममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराए ।

गृहमन्त्री थापाले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको दोहाराउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए ।

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने गृहमन्त्री थापाको भनाइ थियो ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक (एआईजी) पुस्कर कार्की, नेपाली सेनाका उपरथी शशिचन्द्र बहादुर सिंह लगायत सहभागी थिए ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  २ : १८ बजे

लघुवित्तमा ‘बेस रेट’ : वाणिज्य बैंकभन्दा पाँच प्रतिशत महँगो ब्याज 

काठमाडौं– नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा लघुवित्तका लागि बेस

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेशमार्फत संवैधानिक

श्रमदानबाटै सिँचाइ योजना मर्मत

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत

अमेरिका-युक्रेन फेरि वार्ताको सम्भावना

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि युक्रेनका राष्ट्रपति भोलोडिमिर

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर