ब्रेक्जिट सरकारको प्राथमिकताः बेलायती महारानी | Khabarhub Khabarhub

ब्रेक्जिट सरकारको प्राथमिकताः बेलायती महारानी


२७ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार महारानी एलिजावेथ द्वितीय उपस्थित संसदीय कार्यक्रममा बेलायती सरकारको प्राथमिकताहरूलाई प्रस्ताव गरेका छन् ।

उक्त कार्यक्रममा सरकारका प्रमुख एजेण्डामध्ये ब्रेक्जिट उच्च प्राथमिकतामा रहेको बताइएको छ । कार्यक्रममा महारानी एलिजावेथ द्वितीयले संसदलाई सम्बोधन गर्दै सरकारले प्राथमिकतामा राखेका यूरोपेली संघ (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट), फौजदारी दण्ड र सजायँ तथा वातावरणसम्बन्धी बिषयसमेत विभिन्न २६ वटा कार्यसूची घोषणा गरिन् ।

बेलायतमा सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा बहिर्गमनका लागि बहुमत आएको भएपनि ब्रेक्जिटका लागि पूर्व प्रधानमन्त्री टरिजा मे र जोनसनले गरेका प्रस्ताव बेलायती संसदमा अनुमोदन हुन सकेका छैनन् ।

“मेरो सरकारले संयुक्त अधिराज्यलाई इयूबाट अक्टोबर ३१ मा नै बर्हिगमन गराउनका लागि सधैँ उच्च प्राथमिकता राखेको छ,” त्रियानब्बे महारानी एलिजावेथले भब्य तथा शानदार गद्दीबाट सरकारी अधिकारीहरूले तयार पारेका शब्दहरूद्वारा संसदमा सम्बोधनका क्रममा बताइन् ।

“मेरो सरकारले यूरोपेली संघसँग भविष्यका लागि स्वतन्त्र व्यापार र मैत्रीपूर्ण नयाँ साझेदारीका कार्यहरू गर्न चाहिरहेको छ,” उनले भनिन् ।

इयूबाट बहिर्गमन सहमतिका लागि बनेका नीतिहरू बेलायती कानून अनुकुल प्रधानमन्त्री जोनसनले बहिर्गमनपूर्व ब्रसेल्ससँग यही महिनाको अन्त्यसम्ममा सहमति गर्न गरिएको प्रयास अनुरूप तयार भएका छन् ।

बेलायती कन्जरभेटिभ पार्टीका नेतासमेत रहेका प्रधानमन्त्री जोनसनले ब्रेक्जिट कुनै पनि हालतमा यही महिनामा हुनुपर्ने दोहोराउँदै आएका छन् ।

यदि जोनसनले इयूसँग आगामी बिहीबार सम्झौता गर्न सफल नभएमा सम्झौताहीन अवस्थामा बहिर्गमन भएर राजनीतिक सङ्कट आउन नदिनभन्दा थप केही समयका लागि प्रक्रियालाई लम्ब्याउने अनुमति लिनुहुने अनुमान विश्लेषकहरूले गरेका छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७६, सोमबार  ८ : २७ बजे

निर्वाचन आयोगमा एमालेले भन्यो- जनादेशमा जान तयार छौँ, सरकार चुनाव गराउने बाटोमा छैन

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई

तिहारका लागि झिलिमिली बत्तीको व्यापार सुरु (तस्बिरहरू)

काठमाडौं– तिहार नजिकिएसँगै राजधानीको महाबौद्ध, बाङ्गेमूढा क्षेत्रमा झिलिमिली बत्तीहरू व्यापार

आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीयवासी निरास

पर्वत– पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको

डिना उपाध्यायलाई प्रश्न : मंसिरमा महाधिवेशन गरेर फागुनको संसदीय चुनावमा जान कांग्रेस तयार हो ?

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक