तीन गाउँपालिकाबीच भगिनी साइनो « Khabarhub

तीन गाउँपालिकाबीच भगिनी साइनो


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- जिल्लाको ताराखोला, तनहुँको बन्दीपुर र गुल्मीको धुर्कोट गाउँपालिकाले एकापसमा भगिनी साइनो गाँसेका छन् ।

ताराखोलाका अध्यक्ष प्रकाश घर्तीमगर, बन्दीपुरका अध्यक्ष पूर्णसिंह थापामगर र धुर्कोटका अध्यक्ष भुपाल पोखरेलले बुधबार भगिनी साइनो जोड्ने समझदारी पत्रमा हस्ताक्षर गरे।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको विशेष उपस्थितिमा भगिनी सम्बन्ध स्थापना तथा घोषणा गरिएको थियो । सो अवसरमा मन्त्री लम्सालले गाउँपालिकाहरुबीच सिकाइ र अनुभव आदान–प्रदानमा मितेरी साइनो फलदायी हुने विश्वास व्यक्त गरे ।

‘सकारात्मक र राम्रा कामको अनुशरण र प्रसार गर्न भगिनी सम्बन्ध एउटा माध्यम बन्नेछ’, उनले भने, ‘आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा पनि यसले मद्दत पुर्‍याउँछ ।’

गाउँपालिकाहरुबीच पहिलोपटक भगिनी सम्बन्ध स्थापना भएको भन्दै देशका अन्य गाउँपालिकाहरु यसतर्फ प्रेरित हुने उनको भनाई छ। मितेरी साइनो नेपाली समाजको परम्परा र संस्कृतिसँग जोडिएको भन्दै उहाँले यसबाट जनताको तहमा समेत सम्बन्ध अभिवृद्धि हुने बताए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष थापामगरले स्थानीय उत्पादन, कृषि, पर्यटन, संस्कृतिलगायतका क्षेत्रको प्रवद्र्धनका लागि त्रीपक्षीय समझदारी भएको बताए । ‘पहाडकी रानी भनेर चिनिने बन्दीपुरदेखि मितेरी सम्बन्ध गाँस्न ताराखोला आएका छौँ’, उनले भने, ‘अब हामीबीच आर्थिक, सामाजिक, सांस्कृतिक, सम्बन्ध सुदृढ हुनुका साथै सहयोगको आदान–प्रदान हुनेछ ।’

धुर्कोट गाउँपालिकाका अध्यक्ष पोखरेलले भगिनी साइनोले जनस्तरमा पनि सम्बन्ध विस्तार हुने बताए । तत्कालीन धुर्कोट राज्यका राजा र बन्दीपुरकी रानीबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले पर्यटन प्रवद्र्धनमा भगिनी सम्बन्धले ठूलो महत्व राख्ने बताए ।

पत्रकार महासङ्घ बागलुङका अध्यक्ष दिल शिरीषले भगिनी सम्बन्ध औपचारिकतामा मात्र सीमित नभई कामयावी र फलदायी हुनुपर्ने बताए ।

भगिनी सम्बन्ध स्थापना कार्यक्रममा तीनवटै गाउँपालिकाका जनप्रतिनिधि, पर्यटन व्यवसायी, पत्रकारलगायतको सहभागिता थियो । ताराखोला गाउँपालिका–२ अर्गलमा प्रचलित ऐतिहासिक भुस पोल्ने पर्वको अवसर पारेर भगिनी सम्बन्ध जोडिएको हो । स्थानीय उत्पादन, कला, संस्कृति र पर्यटनका हिसाबले तीनवटै गाउँपालिका अघि छन् । ताराखोला र बन्दीपुर गण्डकी प्रदेशमा परे पनि धुर्कोट गाउँपालिका भने प्रदेश नं ५ मा पर्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : ४६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित