किन यसरी खस्कियो सौगातको करिअर? « Khabarhub

किन यसरी खस्कियो सौगातको करिअर?


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रंगमञ्च हुँदै फिल्म उद्योगमा उदाएका अभिनेता सौगात मल्लका फिल्म एकपछि अर्को गर्दै प्रदर्शन भएका छन् । यद्यपि केही वर्षयता उनले एउटा पनि सफल चलचित्र दिन सकेका छैनन् ।

कागबेनी, के यो माया हो जस्ता फिल्मबाट औसत प्रतिक्रिया पाएका सौगातलाई ‘लूट’ ले एकाएक चर्चामा ल्यायो । यो फिल्ममा उनले ‘हाकु काले’ को चरित्र निभाएका थिए । उक्त चरित्रले सौगातलाई एकाएक चर्चाका शिखरमा पुर्‍याइदियो ।

यतिबेला सौगात ‘लप्पन छप्पन २’ को छायांकनमा व्यस्त छन् । उनी अभिनित फिल्म ‘माछा माछा’ मंसिर २० गतेदेखि प्रदर्शनमा आउँदैछ । तर, यो फिल्मको कुनै चर्चा छैन ।

कबड्डी कबड्डी, निभ्न लागेको दियो, लूट २ लगायतका फिल्मबाट पनि खुबै चर्चा कमाएका सौगात पछिल्लो समय भने चर्चामा छैनन् । दर्शकले पनि सौगातका चलचित्रलाई पहिलेजस्तो नोटिस गर्न छोडेका छन् ।

फिल्म ब्याक टु ब्याक प्रदर्शनमा आउन थालेपछि सौगातका फ्यान भड्किएका छन् । कुनै समय कुशल अभिनय गर्ने अभिनेताको छाप बनाएका सौगातलाई क्रेज भएका अभिनेताका रुपमा समेत हेर्ने गरिन्थ्यो ।

बरु कुनै सौगातको भन्दा कम क्रेज भएका दयाहाङ राई, विपिन कार्कीको चर्चा छ, तर सौगातले भने आफ्नो क्रेज जोगाइराख्न सकेनन् ।

कतिपयले व्यक्तिगत जीवनका कारण सौगातको करिअर ओरालो लागेको पनि भन्न थालेका छन् । पछिल्लो समय अभिनेत्री सृष्टि श्रेष्ठसँग प्रेममा रहेका सौगात आफ्नो सम्बन्धको बारेमा भने खासै खुल्न चाहन्नन् ।

एकताका कैयन् हिट फिल्म दिएका सौगात पछिल्लो समय भने निरन्तर फ्लप फिल्म दिइरहेका छन् । उनले अभिनय गरेका फिल्म लुकामारी, मेरो पैसा खोइ, फाटेको जुत्ता, पञ्चे बाजा, लालपूर्जा लगायत अन्य फिल्म व्यावसायिक हिसाबले असफल रहे ।

अब यतिबेला उनी अभिनित फिल्म ‘माछा माछा’ त प्रदर्शनका क्रममा छ । तर, सौगातको कुनै चर्चा छैन । कलाकारको क्रेज त्यतिबेला देखिन्छ, जतिबेलादेखि फिल्मको प्रचार सामग्री र ट्रेलरले दर्शकको ध्यान खिच्छ । पछिल्लो समय भने सौगातका फिल्म आएको र गएको समेत दर्शकलाई पत्तो छैन ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : २३ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्