१३ लाई किन अशुभ अंक मानिन्छ ? « Khabarhub

१३ लाई किन अशुभ अंक मानिन्छ ?


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारका धेरै देशमा १३ अंकलाई अशुभ मानिन्छ । त्यही भएर कतिपय देशका होटेलमा १३ नम्बरको कोठा नै हुँदैन । शुक्रबार १३ तारिख पर्‍यो भने पश्चिमीहरू असाध्यै अशुभ मान्छन् ।

यस्तो संयोग परेको दिन अमेरिकामा करीब नौ अर्ब डलरको उत्पादनमा असर पुग्ने तथ्यांक छ । मनोविज्ञानले १३ अंकप्रतिको डरलाई ट्रिस्काइडेकाफोयिबा नामकरण गर्ने गरेको छ । तेह्र तारिखको दिन पश्चिममा सबभन्दा बढी दुर्घटना हुन्छन् ।

तेह्रलाई यसरी अशुभ मान्ने प्रचलनको शुरुवात बेबिलोनियन सभ्यताको कोड अफ हम्मुराबीबाट भएको मानिन्छ । यी कोडहरू त्यतिखेरका कानून हुन् । यिनमा १३ नम्बर नभएकाले त्यो अंक अशुभ मानियो ।

इतिहासकार चाहिँ यो कुतर्क भएको विश्वास गर्छन् । छुट्यो होला नि १३ अंक लेख्न, के को शुभ अशुभको कुरा हुनु भन्छन् उनीहरू ।

अंकगणितको दृष्टिकोणबाट हेर्दा १३ अनुपयोगी र असुविधाजनक छ । यसको अगाडि आउने १२ लाई गणितज्ञहरू पर्फेक्ट नम्बर मान्छन् ।

यही हिसाबमा १२ घन्टाको इकाइमा समय मापन गरिन्छ भने १२ महिनाको एक वर्ष हुन्छ । तेह्र चाहिँ अविभाज्य र अपरिमेय संख्या हो । कम उपयोगी भएका कारण यसलाई अशुभ मानिएको हुनसक्छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ११ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका