यस्तो छ डा. भट्टराईले पेश गरेको राजनीति प्रतिवेदनको पूर्ण पाठ « Khabarhub

यस्तो छ डा. भट्टराईले पेश गरेको राजनीति प्रतिवेदनको पूर्ण पाठ


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी फेरि कहिल्यै उठ्ने नसक्ने गरी पतनको दिशातर्फ अघि बढिरहेको विश्लेषण गरेका छन् ।

विहीवारदेखि काठमाडौंमा शुरु भएको समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा ‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै डा भट्टराईले नेकपा कम्युनिस्ट आन्दोलनको लोकतान्त्रिकरणको नाममा नेपाली कांग्रेसजस्तै औपचारिक प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको उल्लेख छ ।

डा भट्टराईले प्रतिवदेनमा प्रत्यक्ष लोकतन्त्रको विरुद्धमा नेकपा विपक्षी दल नेपाली कांग्रेसकै कित्तामा पुगेको उल्लेख गरेका छन् ।

नेकपा बलियो पार्टीका रुपमा रहिरहन नसक्ने तर्क डा भट्टराइले उल्लेख गरेका छन्, ‘दार्शनिक, वैचारिक रुपमा अन्यौलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ ।’

उनले नेपालको कम्युनिष्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको ‍प्रतिवेदनमा उल्लेख गरेका छन् ।

मसाल, नेकपा (वैद्य), नेकपा (विप्लव), नेमकिपा, माले शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त रहेको र तिनले सत्तारुढ नेकपाकै उपग्रही विचार बोकेको टिप्पणी डा।भट्टराईले गरेका छन् । विप्लवले सशस्त्र संघर्षको बाटो रोजेर गलत क्रियाकलाप गरेको उनको विश्लेषण छ ।

भट्टराईले राजपा नेपाल राष्ट्रिय पहिचान र अधिकारको पक्षधर लोकतान्त्रिक दल रहेको उल्लेख गरेका छन् । राजपासँग धेरै एजेण्डाहरु मिल्ने र एकता प्रकृया पनि चलिरहेको भन्दै उनले एकतालाई निष्कर्षमा पुराउने पर्ने भट्टराइले उल्लेख गरेका छन् ।

‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन् । यस पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ । यो एकता प्रयासलाई यथासम्भव छिटो तार्किक निष्कर्षमा पुर्‍याउने प्रयत्न गर्नु पर्दछ’ भट्टराईले लेखेका छन् ।

डा. भट्टराईले पेश गरेको राजनीति प्रतिवेदनको पूर्ण पाठ

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ५ : ५० बजे

बाढीले विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द

पर्वत– पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रको विद्युत् मर्मत

कान्ति लोकपथ अस्थायी रूपमा बन्द

ललितपुर– लगातारको वर्षा र मनसुनजन्य जोखिमका कारण कान्ति लोकपथमा सवारी

मिटरब्याज पीडित भेट्न गृहमन्त्री सुधन गुरुङ सिमरामा, मार्चमा रहेका पीडित निजगढमै रोकिए

काठमाडौँ – मिटरब्याज पीडितका समस्या सुन्न र उनीहरूलाई भेट्न गृहमन्त्री

एक सातामा आत्मदाहबाट तीन जनाको मृत्यु : विवेक मण्डलको उपचारका क्रममा निधन

काठमाडौँ – शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका सर्लाहीका ३५