सार्वजनिक यातायातका साधनमा भ्रमण वर्षको लोगो राखिने | Khabarhub Khabarhub

सार्वजनिक यातायातका साधनमा भ्रमण वर्षको लोगो राखिने


२८ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभरका सार्वजनिक यातयातका साधानमा नेपाल भ्रमण वर्ष, २०२० अभियानको लोगो राखिने भएको छ ।

भ्रमण वर्षलाई प्रभावकारीरुपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको समझदारीअनुरुप सो अभियानको बिहीबार शुभारम्भ गरिएको हो ।

सबै सार्वजनिक यातायातका साधनमा देशका विभिन्न मठ, मन्दिर तथा पशुपक्षी र वन्यजन्तुको तस्वीरसहितको नमूना लोगो बनाएर टाँसिनेछ । यस्तो लोगो चार प्रकारको हुनेछ । गाडीको अवस्थिति र प्रकृतिअनुरुपको उपयुक्त लोगो टाँसिनेछ ।

प्रारम्भमा पशुपतिनाथ, स्वयम्भू, लुम्बिनी तथा हात्ती, ढाँफे र हिमालको तस्बिर अङ्कित लोगो बनाइएको छ । आगामी मङ्सिर १५ गतेभित्र सबै यातायातका साधनमा लोगो टाँसिने बताइएको छ ।

देशभार कालो नम्बर प्लेटधारी यात्रुबाहक र मालबाहक गरी तीन लाख हाराहारीमा यातायातका साधन रहेको महासङ्घले जनाएको छ । अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले यातायात क्षेत्रको ठूलो सञ्जालको रुपमा रहेको महासङ्घसँगको सहकार्यले भ्रमण वर्षलाई सफल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भ्रमण वर्षको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुदृढीकरण, यातायातका साधन व्यवस्थापन तथा चालकको व्यवहारमा परिवर्तनका लागि लागिपरेको बताए । भ्रमण वर्षको सन्दर्भ पारेर सार्वजनिक सवारीसाधनमा सचेतना अभिवृद्धिका लागि १०० स्वयंसेवक परिचालन गरिने मन्त्री भट्टराईले उल्लेख गरे । स्वयंसेवकले सवारीसाधनका यात्रु तथा चालकलाई नैतिक शिक्षा, सरसफाइलगायतबारे सचेत पार्र्नेछन् । सवारीसाधनमा भ्रमण वर्षसम्बन्धी जानकारीमूलक ‘जिङ्गल’ प्रसारणको व्यवस्था गरिनेछ ।

प्रारम्भमा एक हजार चालक र सहचालकलाई तालीम दिइनेछ । मन्त्रालय, महासङ्घ र ट्रेड युनियन सङ्गठनको साझेदारितामा आगामी मङ्सिर १ गतेदेखि उपत्यकाका विभिन्न स्थान र उपत्यका बाहिरसमेत विभिन्न चरणमा तालीम सञ्चालन गरिनेछ । मन्त्री भट्टराईले विमानस्थलबाट सञ्चालन हुने सम्पूर्ण यातायातका साधनमा जिपिएस प्रणाली लागू गर्न आवश्यक तयारी भइरहेको जानकारी दिए ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सार्वजनिक यातायातलाई पर्यटकमैत्री बनाउन सेवा सुधार र व्यवहारमा परिर्वतन ल्याउन जरुरी भएको खाँचो औँल्याए । उनले पर्यटक विमानस्थलमा ओर्लेदेखि गन्तव्य सकेर फर्कंदासम्म यातायातसँग जोडिएको विषय भएकाले आतिथ्य सत्कार, शरल भाषा र शालिनता अपनाउन चालक तथा सहचालकले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई पर्यटकमैत्री बनाउन सबै पद्धत्ति अवलम्बन गरिने बताए । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले यातायात क्षेत्रको सुधार गरी सेवालाई पर्यटनमैत्री बनाउन लागिपर्ने बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहीबार  ९ : १६ बजे

व्यवस्था परिवर्तनपछिका उपलब्धि संस्थागत गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

मनहरी– उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनपछिका उपलब्धिलाई

उर्जामन्त्री खड्का र भारतीय समकक्षी पाटिलबीच भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल

नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई

अर्थसचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालकको शपथ

काठमाडौं– अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत