९ सय बोत्तल लागुपदार्थसहित युवक पक्राउ « Khabarhub

९ सय बोत्तल लागुपदार्थसहित युवक पक्राउ


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिका–९ स्थित सडकमा सशस्त्र प्रहरीले आज ९०० बोतल लागुपदार्थसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने १९ वर्षीय राकेशकुमार महतो रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं गण हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताए ।

भारतबाट अवैध रुपमा लागुपदार्थ बोकी नेपाल आएका युवक महतोलाई मटिहानी नपा–९ स्थित जलसागर नजीकै सशस्त्र प्रहरीले शङ्का लागि जाँच गर्दा उनको साथबाट लागुपदार्थ फेनारगन ३०० बोतल, नुफिन २९४ बोतल, डाइजेल्याब २९५ बोतल, घडी थान एक र १० किलोग्राम चामल बरामद गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

लागुऔषधसहित पक्राउ परेका युवकलाई आवश्यक कारवाहीका लागि सशस्त्र प्रहरीले आजै जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १० : ०० बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी