इजरायलद्वारा गाजा क्षेत्रमा तीव्र कारबाही « Khabarhub

इजरायलद्वारा गाजा क्षेत्रमा तीव्र कारबाही


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इजरायल– आर्थिक राजधानी तेल अभिभमा रकेट आक्रमण भएपछि इजरायलले प्यालेष्टाइनको गाजा क्षेत्रमा व्यापक आक्रमण गरेको छ ।
इजरायली वायुसेनाले गाजा क्षेत्रमा रहेको त्यहाँ सक्रिय इस्लामिक समूह हमासका १ सय भन्दा धेरै आधार शिविरलाई लक्षित गरी आक्रमण गरेको जनाएको हो ।

आक्रमणमा गाजा क्षेत्रमा भएको क्षतिबारे भने केही खुलाइएको छैन । त्यसअघि प्लोष्टाइनी क्षेत्रबाट तेल अभिभ शहरमा ६ वटा रकेट प्रहार गरिएको बताइएको छ ।

६ वटा रकेट प्रहार गरिएको भएपनि इजरायलको अत्याधुनिक आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले ५ वटा रकेट खसालेको तर, एउटा रकेट मात्रै विष्फोट हुन पाएको इजरायली अधिकारीले जनाएका छन् । रकेट आक्रमणमा कुनै क्षति नभएको समेत बताइएको छ ।

इजरायलको आर्थिक राजधानी तेल अभिभमा सन् २०१४ को गाजा युद्ध पछि भएको यो पहिलो रकेट आक्रमण हो । यता गाजा क्षेत्रमा सक्रिय समूह हमासले भने आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ ।

तर, इजरायलले भने आक्रमणमा हमासको बाहेक अरु कुनै समूहको संलग्नता हुनै नसक्ने भन्दै हमासको सैनिक शिविरलाई लक्षित गरी हवाई आक्रमण गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ६ : ४१ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा