‘पसिना’ को फस्ट लूकमा गौरवसँग अनु « Khabarhub

‘पसिना’ को फस्ट लूकमा गौरवसँग अनु


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं – गाैरव पहारी र अनु शाह स्टारर फिल्म ‘पसिना’ को फर्स्ट लूक पोस्टर सार्वजनिक गरिएको छ । फस्ट लूकलाई नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको हो ।

केही दिनअघि टाइटल गीत सार्वजनिक गरेको निर्माण टिमले मजदुरको व्यथालाई समेटेर यो फिल्म बनाएको हो । फस्ट लूकमा गौरव पहाडी,अनु शाह र सरोज खनाललाई देखाइएको छ ।

आर. बि खत्री ‘शरद’ को निर्देशन रहेको फिल्ममा गौरव पहारी, अनु शाह,सरोज खनाल, सरोज अर्याल, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरी, सुरजनी केसी लगायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै फिल्ममा राम केसीको छायांकन छ भने नविन निरौलाको सम्पादन रहेको छ । चलचित्रलाई समसामयिक कथामा निर्माण गरिएको बताइएको छ । फिल्ममा कथा आर.बी. खत्री ‘शरद’ को र लगानी शान्ता ढकालको छ ।

फिल्म वैशाख २७ गतेबाट प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १ : ४८ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र