महाथिरले निर्णय ‘सच्याएपछि’ रेलमार्ग निर्माणका लागि मलेसिया फर्किए चिनियाँ ठेकेदार « Khabarhub

महाथिरले निर्णय ‘सच्याएपछि’ रेलमार्ग निर्माणका लागि मलेसिया फर्किए चिनियाँ ठेकेदार


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पुत्रजाया– मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले सत्ताको बागडोर सम्हाल्नासाथ स्थगित गरेकाे चिनियाँ लगानीको ठूलो पूर्वाधार परियोजना पुनः शुरु गर्न सोमबार चिनियाँ कम्पनीलाई आग्रह गरेका छन् ।

देशका लागि चिनियाँ लगानी आर्थिक बोझ हुने भन्दै वयोवृद्ध प्रधानमन्त्री महाथिरले रेलमार्ग निर्माण कार्यलाई स्थगित गरिदिएका थिए ।

गत वर्ष मे महिनामा सम्पन्न संसदको चुनावमा विजयी भएपछि महाथिरले ‘पूर्वी तटीय रेलमार्ग’ निर्माणलाई स्थगित गरेका थिए ।  जसका कारण मलेसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार मुलुक चीनसँगको सम्बन्धमा चिसोपन आएको थियो ।

उक्त परियोजनाको निर्माणकर्ता चाइना कम्युनिकेसन्स कन्स्ट्रक्सन कम्पनी लिमिटेडले रेलमार्ग निर्माणको लागतमा करिब एक तिहाईले कटौती गरी १० अर्ब ७० करोड डलरमा सीमित गरेपछि निर्माण कार्य अघि बढाउन गत साता मलेसिया सरकार सहमत भएको थियो ।

प्रधानमन्त्री महाथिरले चिनियाँ कम्पनीलाई ५ अर्ब ३० करोड डलर क्षतिपूर्ति तिर्नुभन्दा रेलमार्ग निर्माणका लागि पुनः मध्यस्थता गर्नु नै ठीक रहेको आफूलाई लागेको बताएका छन् । उनले भनेका छन्, ‘परियोजनाको कूल लागतमा ५ अर्ब २० करोड डलर न्यून हुनुको अर्थ पूर्व प्रधानमन्त्री नजिब रजाकको पूर्ववर्ती सरकारको बदमासी प्रष्ट भएको छ ।’

उक्त रेल निर्माण परियोजना सन् २०१६ मा चिनियाँ कम्पनीलाई ठेक्का दिइएको थियो । यो परियोजनाको अधिकांश लागत चीन सरकारले मलेसियालाई ऋणका रुपमा उपलब्ध गराएको छ ।

यो रेल परियोजनाको लागत अब प्रति किलोमिटर १ करोड ६७ लाख डलर हुनेछ । सम्झौता हुँदा यस परियोजनाको लागत प्रति किलोमिटर २ करोड ३२ लाख अमेरिकी डलर थियो ।

नयाँ सम्झौता बमोजिम, मलेसिया रेल र चिनियाँ रेल कम्पनीबीच ५०ः५० प्रतिशत हिस्सा रहने गरी नयाँ कम्पनी खडा गरिने पनि प्रधानमन्त्री महाथिरले बताए ।

यद्यपी यो दोहोरो ट्रयाको रेलमार्ग परियोजनाको दूरी ४० किलोमिटर घटाइएको छ । अब रेलमार्गको लम्बाई ६४८ किलोमिटर हुनेछ । यो रेलमार्गमा २० वटा स्टेशन हुने र पाँच वटा राज्यलाई छिचोल्नेछ । परियोजना सन् २०२६ भित्रमा पूरा हुनेछ ।

रेलमार्ग निर्माणको कार्य अर्को महिनाबाट शुरु हुने अधिकारीहरुले बताएका छन् ।

प्रधानमन्त्री महाथिरले चीनले मलेसियाबाट पाल्म आयल खरिद गर्ने सम्झौता पनि भएको जानकारी दिनुभयो ।

महाथिर सरकारले राष्ट्रिय ऋणको बोझ बढेको भन्दै ठूला पूर्वाधार परियोजना रद्द गरेको वा लागत कटौती गरेको छ । भ्रष्टाचारका कारण विगतमा परियोजनाको लागत बढेको महाथिर सरकारको भनाइ छ ।

रेलमार्गका अलावा मलेसिया सरकारले गत वर्ष  चिनियाँ पहलमा अघि बढेका करिब २ अर्ब ३० अमेरिकी डलरको पाइपलाइन निर्माणको २ ओटा योजनाकाे काम रोकेको थियो । उक्त परियोजनाका लागि ९० प्रतिशत रकम भुक्तानी भए पनि काम भने १३ प्रतिशतमात्र भएको पाइएको थियो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  २ : ४२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु