अन्तर्राष्ट्रिय गोजिरियो कराँते प्रतियोगिता जेठमा, ४० स्वर्णका लागि प्रतिस्पर्धा हुने « Khabarhub

अन्तर्राष्ट्रिय गोजिरियो कराँते प्रतियोगिता जेठमा, ४० स्वर्णका लागि प्रतिस्पर्धा हुने


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– अन्तर्राष्ट्रिय गोजिरीयो कराँते प्रतियोगिता जेठ पहिलो साता हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक राष्ट्रिय कराते दो संघ नेपाल, सुदुरपश्चिम प्रदेशले प्रतियोगिता जेष्ठ ९ गतेदेखि ११ गते सञ्चालन हुने जानकारी दिएको हो ।

सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आयोजना हुने प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रवादी विकासशील अभियान रहेको आयोजकले जानकारी दिएको छ । राष्ट्रवादी अभियानले प्रतियोगिताका लागि ८ लाख सहयोग गर्ने छ ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका खेलाडीको सहभागिता रहनेछ । यसैगरी ६ देशका सबै खेलाडी गरी एक हजार प्रतियोगी प्रतियोगितामा सहभागी हुने आयोजकको दावी गरेको छ ।

प्रतियोगितामा खेलाडीले विभिन्न ४० विधामा प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक तथा राष्ट्रिय गोजिरियो कराँते दो संघ नेपालका महासचिव प्रकाश चन्दले बताए । यस्तै, खेलाडीहरुले ४० स्वर्ण, ४० रजत र ४० कास्य पदकाका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नवौं संस्करणसम्म आइपुग्दा प्रतियोगिताले गोजिरियोतर्फ राष्ट्रिय टोलीसम्म क्षमतावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको महासचिव चन्दले बताए ।

कार्यक्रममा उपस्थित नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले प्रतियोतिाका लागि १५ हजार नगद सहयोग गरे । प्रतियोगिताको अनुमानित लागत ४१ लाख ९१ हजार रहेको जानकारी दिएको आयोजकलले नगरपालिका तथा स्थानीय व्यापारीक क्षेत्रमार्फत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : ०३ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा