तेश्रो शिखर वार्ताका लागि प्रयास जारी : दक्षिण कोरियाली राष्ट्रपति « Khabarhub

तेश्रो शिखर वार्ताका लागि प्रयास जारी : दक्षिण कोरियाली राष्ट्रपति


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण कोरिया– दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने सम्भावित तेश्रो चरणको शिखर वार्ताको प्रयासलाई निरन्तराता दिने जनाएका छन् ।

राजधानी सोलमा सरकारका उच्चपदस्थ अधिकारीसँगको छलफलका क्रममा राष्ट्रपति मुनले ट्रम्प र किमबीच सक्दो छिटो तेश्रो शिखर वार्ताका लागि दक्षिण कोरियाले सक्दो प्रयास गर्ने जनाएका हुन् ।

उनले उत्तर कोरियाली सर्वोच्च नेता किमसँग पनि वार्ता गर्ने जनाएका छन् । गत शुक्रबार उत्तर कोरियाली सर्वोच्च नेता किमले ट्रम्पसँग आफू तेश्रो चरणको शिखर वार्ता गर्तका लागि तयार रहेपनि अमेरिकाले आफ्ना अडानमा लचक हुनुपर्ने जनाएका थिए ।

उनले दक्षिण कोरियाले दुई मुलुकबीचको शिखर वार्ताका लागि मध्यस्थकर्ताको भूमिका निभाउँदै आएकोमा तेश्रो शिखर वार्ता सम्भव बनाउनका लागि पनि प्रयास गर्ने जनाएका हुन् ।

उनले केही दिनअघिमात्र अमेरिकाको भ्रमण गरी कोरियाली समस्याको समाधानका लागि छलफल गरेका थिए । छलफलका क्रममा उनले शिखर वार्ता हुने वातावरण बनाउन समेत जोड दिएका थिए ।

गत फेब्रुअरीको अन्त्यमा भियतनामको राजधानी हनोईमा राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीच भएको दोश्रो शिखर वार्ता बिना निष्कर्ष टुङ्गिएपछि दुबै मुलुकले वार्ता निष्कर्षविहीन हुनुमा एक अर्कालाई दोषारोपण गर्दै आएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ७ : ०७ बजे

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र