नेपाली भू–उपग्रहको प्रक्षेपण नासाले प्रत्यक्ष प्रसारण गर्ने | Khabarhub Khabarhub

नेपाली भू–उपग्रहको प्रक्षेपण नासाले प्रत्यक्ष प्रसारण गर्ने


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट १’को प्रक्षेपण अमेरिकाको अन्तरिक्षसम्बन्धी निकाय नासाले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

बर्ड्स प्रोजेक्टमार्फत् प्रक्षेपण हुन लागेको ‘नेपाली स्याट १’ नामक भू-उपग्रह प्रक्षेपणको नासाले प्रत्यक्ष प्रसारण गर्न लागेको बर्ड्स परियोजनाले जनाएको हो ।

अमेरिकाको भर्जिनिया राज्यको वालोप्स फ्लाइट फेसिलिटीबाट हुने भू–उपग्रह प्रक्षेपणको नासाले आफ्नो वेबसाइटमार्फत् प्रत्यक्ष प्रसारण गर्नेछ ।

नेपालीसहित जापानी र श्रीलंकाली भूउपग्रह आगामी बिहीबार सबेरै २ बजेर ३१ मिनेटमा अन्तरिक्षतर्फ प्रक्षेपण हुने जनाइएको छ । नेपाली भू–उपग्रह नर्थट्रोप ग्रुमान सिग्नस नामक अन्तरिक्ष यानमार्फत् प्रक्षेपण हुन लागेको हो । उक्त मालवाहक यानमा नेपाली भू–उपग्रह राखेर प्रक्षेपण गरिनेछ ।

नेपाली भू-उपग्रह केबल १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो हुनका साथै १.३३ किलोग्राम वजनको रहेको बताइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ९ : ०१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र