बिमा मर्जरको कानून चाँडैः मन्त्री खतिवडा « Khabarhub

बिमा मर्जरको कानून चाँडैः मन्त्री खतिवडा


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले बीमा चुक्ता घाटा भएका कम्पनीहरुलाई मर्ज गरिनुपर्ने बताएका छन् ।

बुधवार काठमाडौंमा राष्ट्रिय बिमा समितिले आयोजना गरेको वार्षिक कार्यक्रम सर्वजनिक समारोहमा मन्त्री खतिवडाले संख्यात्मक भन्दा पनि गुणात्मक सेवाको विकासका लागि बिमा कम्पनीहरुबीच मर्जर आवश्यक रहेको बताएका हुन् ।

मन्त्री खतिवडाले भने “मर्जरको लागि कानूनको निर्माण गर्ने तयारीमा सरकार छ, मनोमानी ढंगले अब बिमा संचालन गर्न पाइन्न ।”

त्यस्तै कार्यक्रमा बोल्दै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सबै नेपालीको घरदैलोमा बिमा कार्यक्रम पुग्ने गरी समितिले काम गरिरहेको बताए । हाल कायम रहेको ५ लाखको दुर्घटना यात्रु बीमालाई आगामी आर्थिक वर्षसम्ममा १० लाख पु¥याउन गरी नीति निर्माण भइरहेको समेत अध्यक्ष चापागाइले कार्यक्रममा जानकारी गराए ।

सार्वजनिक भएको वार्षिक कार्यक्रम अन्तर्गत समितिले आगामी आर्थिक वर्षभित्र ३५ देखि ४० प्रतिशत नेपालीलाई बीमाको दायरामा ल्याउन लक्ष्य लिएको छ । त्यस्तै कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सरकार सवारी, कृषि र अन्य क्षेत्रमा पनि बीमाको दायरा फरकिलो बनाउने उद्देश्य लिएको छ ।

चालु आर्थिक वर्षको माघसम्म ५२ लाख ९० हजार ४ जीवन बीमा लेख जारी भएको समितिको तंथ्याकमा छ । देशको कुल जनसंख्या अनुमानित २ करोड ९५ लाख ३ हजार ९ सय २६ मध्ये करिब १८ प्रतिशतमा बीमा पहुँच पुगेको देखिन्छ । यो दर बढाएर आगामी आर्थिक वर्षभित्र ३० देखि ४० प्रतिशत पुराउने समितिको दावी छ । हाल पनि करिब ७५ प्रतिशत नेपाली बिमाको दायरा बाहिर रहेको विमासमितिको तंथ्याकमा उल्लेख छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ९ : २५ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको