नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा « Khabarhub

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंर्‍ चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ। शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताएको नागरिक दैनिकमा खबर छ।

इतिहासमा चीन र नेपालबीचमा हिमालय कहिल्यै पनि अवरोध नभएको, नदीका हरेक बहावले सञ्चारको काम गरेको र हिमालका प्रत्येक पाइला मित्रताका बरन्डा रहेको भन्दै उनले नेपालसँगको ऐतिहासिक सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरे।

१३औं शताब्दीमा नेपालका प्रख्यात कलाकार अरनिको तिब्बत आएर बृहत् सुनौलो टावर बनाएको भन्दै उनले अरनिको तिब्बतबाट बेइजिङ गएर आजीवन चीनमा बसी हान, मंगोलियन तथा तिब्बती समुदायको कला सिर्जना गरेको इतिहासले पनि दुई देशबीचको मित्रताको महत्व दर्साएको औंल्याए।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका भरखरै खुलेको र केरुङ नाकाबाट ठूलो मात्रामा चीन र नेपालबीचमा व्यापार भइरहेको उनले बताए। चीनले नेपालसँग क्रसबोर्डर रेलवे सेवा सञ्चालन गर्न सम्झौता गरिसकेको सन्दर्भ पनि उनले जोडे। नेपालले चिनियाँ इन्टरनेट प्रयोग गरिरहेको भन्दै उनले साझा जितको भावनासहित ल्हासामा बृहत्तर तहको स्वतन्त्र व्यापार क्षेत्र स्थापना भइसकेको बताए। नेता छीले भने ‘चीन नेपाल क्रसबोर्डर आर्थिक सहयोग क्षेत्र स्थापना भइसकेको छ।’ यस परियोजनामा २ खर्ब ८० अर्ब अमेरिकी डलर लगानी हुने उनले स्पष्ट पारे।

तिब्बतको लगानीमा नेपालमा हिमालय एयरलाइन्स सञ्चालनमा आएको बताउँदै उनले तिब्बतमा नेपाललाई नै केन्द्रित गरेर केही प्रदर्शनी र महोत्सव हुँदै आएको जानकारी दिए। नेपालको जलस्रोतमा लगानी गरेर सफा ऊर्जामा जोड दिने उद्देश्यले क्रस बोर्डर ट्रान्समिसन लाइन जोडिएको उल्लेख गरे।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ७ : ११ बजे

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो

मानवअधिकार आयोग गुहार्न पुगे होल्डिङ सेन्टरका सुकुम्वासी

काठमाडौं- भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारको तर्फबाट दल मर्दन

सरकारबारे बोलेकै कारण नायिकामाथि बालेन समर्थकको ‘साइबर बुलिङ’

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकार सामाजिक सञ्जालको एल्गोरिदमको प्रभावमा

सिंहदरबारभित्रै छिर्‍यो सरकारविरोधी आन्दोलन (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेका बेला

बालेनसँग रुष्ट बन्दै कलाकार : सरकारले ‘चिप स्टन्ट’ गरेको निष्कर्ष

काठमाडौं – अहिलेको अवस्थामा वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारविरुद्ध सामाजिक