सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव « Khabarhub

सुत्केरीको मृत्यु भएपछि डडेलधुरा अस्पतालमा तनाव


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा- उपचारका क्रममा सुत्केरीको ज्यान गएपछि मृतकका आफन्तले डडेलधुरा अस्पतालमा प्रदर्शन गरेका छन् । सुत्केरी भएकी २६ वर्षकी गीता ताम्राकारको रक्तश्राव नरोकिएपछि मृत्यु भएको हो । १५ दिन अघि शल्यक्रिया गरिएको उनको रक्तश्राव नरोकिएपछि शुक्रबार फेरि अस्पताल लगिएको थियो ।

अस्पतालले लापरबाही गर्दा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा प्रदर्शन गरेका हुन । उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमानेको आरोप लगाएका छन् ।

स्थानीयको ढुंगामुढासहितको प्रदर्शनले अस्पतालमा सामान्य क्षति पुगेको छ।

गीताले जन्माएको शिशुको अवस्था भने सामान्य छ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १२ : ५८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु