गुठी विधेयक तत्कालै फिर्ता नगरे सरकारले मूल्य चुकाउनु पर्छ–कोइराला « Khabarhub

गुठी विधेयक तत्कालै फिर्ता नगरे सरकारले मूल्य चुकाउनु पर्छ–कोइराला


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानसँग बाझिने गरी ल्याईएको गुठी सम्बन्धी विधेयक तत्कालै फिर्ता हुनुपर्ने बताएका छन् ।

फिर्ता गर्नुको सट्टा जबर्जस्ती संसदबाट पारित गराउँन खोजिए कांग्रेसले संसद र सडकबाट शसक्त प्रतिकार गर्ने उनको चेतावनी थियो ।

काभ्रे कांग्रेसले बनेपामा आयोजना गरेको “राष्ट्रिय जागरण अभियानको समापन कार्यक्रम” मा डा कोइरालाले गुठी धर्म, संस्कृति, पुरातात्विक सम्पदा आस्थाको धरोहर रहेको बताउँदै जनबिरोधी गुठी बिधेयक र मिडिया बिधेयक तत्कालै फिर्ता नलिए सरकारले ठूलो मुल्य चुकाउनु पर्ने बताए ।

डा कोइरालाले सरोकारवालासँग छलफल बिना नै गुठीको सम्पति हरण गर्ने मनसायले यो बिधेयक ल्याएर कम्युनिष्ट सरकारले धर्म, संस्कृति, र जनताको आस्था माथि आक्रमण गरेको बताए । गुठी बिधेयकको आडमा सरकारले जातिय द्वन्द्व निम्त्याउन खोजेको उनको भनाइ थियो ।

“भूमाफिया, कर्मचारी र मन्त्रीहरुको मिलेमतोमा यो विधेयक ल्याईएको छ” डा कोइरालाले भने-“यदी यो गुठी बिधेयक संसदबाट पास भए नेपाल भन्ने शब्द मात्रै रहन्छ। धर्म संस्कृति,परम्परा र मौलिकता सबै समाप्त हुन्छ।त्यसकारण यो बिधेयक कुनै पनी हालतमा पास हुन दिदैनौं। सरकारलाई यति मात्र भन्छु। बिनाश काले बिपरित बुद्धि।”

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ६ : १५ बजे

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा

बाढीका कारण त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १०० पुग्यो, २८ प्रहरी सम्पर्कविहीन

काठमाडाैं – रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु