चौतर्फी आलोचनापछि स्मार्ट पार्किङको शुल्क घट्यो « Khabarhub

चौतर्फी आलोचनापछि स्मार्ट पार्किङको शुल्क घट्यो


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले सुरु गरेको स्मार्ट पार्किङको शुल्क आधा घण्टा र एक घण्टाको एउटै भएको भन्दै चर्को आलोचना भएपछि आधा घण्टाको पार्किङ शुल्क छुट्टै तोकिएको छ ।

नयाँ व्यवस्थाअनुसार अब भने आधा घण्टाको मात्र १५ रुपैयाँ तिरे पुग्ने भएको छ । यसअघि आधा घण्टा वा सोभन्दा कम समय पार्किङ गरेपनि पूरै एक घण्टा सरहको २५ रुपैयाँ शुल्क तिनु पर्थ्यो ।

केही मिनेट पार्किङ गर्दा पनि पूरै एक घण्टाको शुल्क तिनु पर्दा सर्वसाधरणले चौतर्फी आलोचना गरेपछि महानगरपालिकाले शुल्क घटाएको हो ।

महानगरले ह्विल्स ट्रयुली योर्स कम्पनीसँगको साझेदारीमा असार १ गतेबाट काठमाडौंको न्युरोड, खिचापोखरी, पाको, धर्मपथ र दरबारमार्ग क्षेत्रमा स्मार्ट पार्किङ सुरु गरेको थियो ।

कम्पनीले उपभोक्तासँग दुईपांग्रे सवारीको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीको ८० रुपैयाँ लिँदै आएको छ ।

आइतबार भएको महानगरको पाँचौ अधिवेशनले स्मार्ट पार्किङको भाडा घटाउने निर्णय गरेको हो । निर्णयसँगै दुईपांग्रे सवारीको आधा घण्टा समयको पार्किङ शुल्क १० रुपैयाँ घटाएर १५ रुपैयाँ लिने व्यवस्था गरिएको छ । तर चार पांग्रेको शुल्क भने घटाइएको छैन ।

महानगरले जनताको गुनासोको आधारमा शुल्क घटाउने निर्णय निकालेको महानगरका प्रवक्ता इश्वरमान डंगोलले खबरहबलाई जानकारी दिए ।

‘सुरुवाती चरण भएकाले १ महिनासम्म महंगोमै पार्किङ गरेपनि अब महानगरले शुल्क निर्धारण गरेको छ’ उनले भने ‘आधा घण्टा पार्किङ गर्नेलाइ दुईपांग्रेको हकमा १५ रुपैयाँ र चारपांग्रेको हकमा ५० रुपैयाँ लाग्नेछ’ । एक घण्टाको शुल्क भने हाल लागू भइरहेकै अनुसार हुने महानगरले जनाएको छ ।

यो पनि पढ्नुहोस्

स्मार्ट पार्किङले दिएको ‘सकस’– मासिक ८ हजार पार्किङमै बुझाउनुपर्ने भो !

न्युरोड क्षेत्रमा आजदेखि स्मार्ट पार्किङ

 

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : ३३ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै