खहरेको बाढीले यातायात सेवा अवरुद्ध « Khabarhub

खहरेको बाढीले यातायात सेवा अवरुद्ध


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– पाथीभरा याङवरक र सिरिजङ्घा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ । अबिरल वर्षासँगै गए रातिदेखि आएको बाढीका कारण थुम्बेदिन सिनाम सडकखण्डको यातायात सेवा अवरुद्ध भएको हो ।

खोलामा एक्कासी बाढी आएपछि आइतबार हप्पुखोला, सिनाम पुगेर फर्कने क्रममा बसेका सवारी साधन सिनामै रोकिएका छन् भने ताप्लेजुङ सदरमुकाम, पाँचथर, झापालगायत ठाउँबाट सिनाम, आम्बेगुदिनलगायत स्थान पुग्ने सवारी साधन पनि थुम्बेदिनबाटै फर्किएको सिनामवासी भीम थेबेले जानकारी दिए । बीचैमा सवारी साधन रोकिएकाले ती स्थानमा आवत–जावत गर्ने यात्रु अलपत्र परेका छन् ।

यसैगरी सिनाम र आम्बेगुदिनको बीचमा पर्ने नेबु खोला आसपासमा झरेको पहिरोले पनि बाटो अवरुद्ध बनाएको छ । वर्षाकै कारण ग्रामीण क्षेत्रका कच्ची सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरोसमेत झरेकाले सवारीसाधन सञ्चालन गर्न नसकिएको यातायात व्यावसायीहरूले बताएका छन् ।

‘केही दिनदेखि फक्ताङलुङ, दोभानलगायत ग्रामीण क्षेत्रमा चल्ने सवारी साधनले बेल्चा र कोदालोसमेत बोकेर प्रस्थान गर्ने गरेका छन्, कतिपय गाडी बाटो पन्छाउँदै गन्तव्यसम्म नै पुगेर फर्किन्छन् र कतिपय बीचैबाट फर्काउनुपर्ने हुन्छ,’ जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष टिकेन्द्र नेपालीले भने । प्राय ग्रामीण क्षेत्रका नयाँ सडकमा समस्या देखिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १२ : ४६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन