ज्येष्ठ नागरिक पालन पोषणको जिम्मेवारी सम्बन्धित स्थानीय सरकारलाई « Khabarhub

ज्येष्ठ नागरिक पालन पोषणको जिम्मेवारी सम्बन्धित स्थानीय सरकारलाई


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अलपत्र परेका ज्येष्ठ नागरिकहरुलाई पालनपोषण गर्ने जिम्मेवारी पनि स्थानीय सरकारले नै पाउने भएको छ ।

संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा अलपत्र परेका ज्येष्ठ नागरिकको पालनषोषण गर्ने जिम्मेवारी स्थानीय सरकारलाई दिने कानुनी व्यवस्था गर्ने सरकारको प्रस्तावमा सहमति जुटेको हो ।

समितिको सोमबारको बैठकमा ज्येष्ठ नागरिक सम्बन्धि विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले पालनपोषण नपाएका वा अलपत्र परेका ज्येष्ठ नागरिकहरुको पालनषोषणको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई दिन सहमति जनाउनु भएको हो । त्यसैगरी समितिले उनीहरुको सम्पत्ति पनि स्थानीय तहले नै आफ्नो स्वामित्वमा ल्याई सम्बन्धित ज्येष्ठ नागरिकको पालनपोषणमा खर्च गर्ने व्यवस्था गर्न पनि सरकारलाई सहमति दिएको छ ।

अलपत्र परेका ज्येष्ठ नागरिकहरुको जिम्मेवारी सम्बन्धित स्थानीय तहले नै लिने गरी कानुनी व्यवस्था गर्ने निर्णय गरिएको समितिकी सभापति निरुदेवी पालले जानकारी दिइन् ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकहरुले आफ्नो सम्पत्ति आफूले चाहेको व्यक्तिलाई दिन पाउने प्रावधान पनि विधेयकमा राखिएको स्पष्ट पारे । उनले ज्येष्ठ नागरिकहरुको चल/अचल सम्पत्ति उनीहरुलाई पालनषोषण गर्ने जोकोहीलाई पनि दिन सकिने व्यवस्था गर्ने पनि स्पष्ट पारे । यस अघि ज्येष्ठ नागरिकको सम्पत्तिको भोगचलन हकवालाले मात्रै गर्ने कानुनी व्यवस्था थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ५ : ४५ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

विश्वकप : ब्राजिल र मोरक्को पहिलो हाफमा १-१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित

आज २०८३ साल जेठ ३१ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ ३१ गते आइबार अधिक जेठ

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको