मध्यपहाडी लोकमार्गको पहिरो हटाउन थालियो | Khabarhub Khabarhub

मध्यपहाडी लोकमार्गको पहिरो हटाउन थालियो


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको खुर्काेट–घुर्मीखण्डमा झरेको पहिरो हटाउने कार्य तीव्ररुपमा भइरहेको छ ।

६० किलोमिटर क्षेत्रको सडकखण्डमा छ वटा डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको मध्यपहाडी लोकमार्गका सुपरभाइजर एकराज पौडेलले जानकारी दिए । खुर्काेट– घुर्मीखण्डको हैवार खण्डमा करीब सय मिटर क्षेत्रमा पहिरो गएको छ । कालीआँप, कुखुरेटार, वितिजोरलगायतका क्षेत्रमा गएको पहिरोले लोकमार्गमा निकै ठूलो क्षति पुर्‍याएको छ ।

पहिरो पन्छाएर त्यस क्षेत्रमा छिटो भन्दा छिटो सडक सुचारु गर्ने कार्य तदारुकताका साथ भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए । सो क्षेत्रको पहिरो हटाउन स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट सामूहिक प्रयास र पहल भइरहेको छ ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलगायतका जिल्लाका सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : २३ बजे

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल

लखनउलाई सात विकेटले पराजित गर्दै राजस्थान १६ अंकसहित शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार