दिगो विकासको लक्ष्य प्राप्तिका लागि सरकार संघर्षरत « Khabarhub

दिगो विकासको लक्ष्य प्राप्तिका लागि सरकार संघर्षरत


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दिगो विकास लक्ष्य हासिलका लागि आवश्यक बजेट अन्तर्राष्ट्रिय समुदायबाट जुटाउने योजना बनाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धता पूरा गर्न सरकारले अन्तराष्ट्रिय समूदायसँग आवश्यक बजेट जुटाउने योजना बनाएको जानकारी दिएका हुन् ।

शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश र स्थानीय तहमा अभियाननै संचालन गर्न लागिएको पनि बताए ।

समितिका सदस्यहरुले भने दिगो विकास लक्ष्य हासिल हुने गरी अघि नबढेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिकी सदस्य प्रमिला कुमारीले दिगो विकास लक्ष्य हासिल हुने गरी योजना बनाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन् । उनले सामाजिक विभेदको समेत अन्त्य गर्न नसकेको मुलुकले कसरी सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न सक्न पनि प्रश्न गरिन् ।

समितिका अर्का सदस्य दिनानाथ शर्माले दिगो विकास लक्ष्य हासिल हुने गरी सन्तुलित र समान अवसरसहितको विकास योजना अघि बढाउन सरकारसँग माग गरे । उनले मुलुकमा सबै क्षेत्रको विकासमा समान अवसर स्थापना गर्न राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै सोही मर्म अनुसार सरकारले काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ५ : १८ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको