चालकको असावधानीले करेन्ट लाग्दा सहचालकको ज्यान गयो « Khabarhub

चालकको असावधानीले करेन्ट लाग्दा सहचालकको ज्यान गयो


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विदुर– नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख अभिनारायण काफ्लेका अनुसार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा टिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर १९ वर्षका थिङ सख्त घाइते भएका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

बा४ख ८७१८ नंको टिपरका सहचालक रहेका उनको मृत्यु भएपछि उक्त गाडीका चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णुबहादुर सहचालकका काका हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १ : ५२ बजे

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने

‘मैथिली समाज र सभ्यताले सहअस्तित्वमा विश्वास गर्छ’

विराटनगर– मधेस प्रदेशका प्रमुख डा सुरेन्द्र लाभले मैथिली समाज र