वडाध्यक्षलाई कार्यकक्षमै मोसो र चप्पल लगाएर दुर्व्यवहार « Khabarhub

वडाध्यक्षलाई कार्यकक्षमै मोसो र चप्पल लगाएर दुर्व्यवहार


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यादी जिल्लाको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई अपरिचित समूहले कार्यालयमै मोसो र चप्पलको माला लगाइदिएको छ ।

कार्यालयमा काम गरिरहेकै अवस्थामा वडाध्यक्ष थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको हो ।

बिहीबार बिहान ११ बजे थापालाई कार्यालयमै आएका अपरिचित समूहले मोसो र माला लगाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।

मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।

वडाध्यक्ष थापालाई विप्लव समूहले विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको बताइएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  २ : ०८ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।