उर्जा मन्त्रालयले माग्यो अर्थसँग साढे ३८ करोड बजेट « Khabarhub

उर्जा मन्त्रालयले माग्यो अर्थसँग साढे ३८ करोड बजेट


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गत असारको बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिंचाई संरचनाहरुको पुनः निर्माणको लागि अर्थमन्त्रालयसंग ३८ करोड २६ लाख ५२ हजार रुपैया उपलब्ध गराउन माग गरेको छ ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीले विहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरि क्षतिग्रस्त संरचना मर्मतका लागि आवश्यक बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए । उनले क्षतिग्रस्त संरचनाको मर्मत तथा नयाँ निर्माणका लागि सिंचाई विभागले तयार पारेको तात्कालीन र दीर्घकालिन कार्ययोजना अनुसार मर्मत र निर्माणका लागि ३८ करोड २२ लाख र दीर्घकालिन कार्यका लागि २ अर्ब ११ करोड २२ लाख लाग्ने जानकारी दिए ।

सम्भावित बाढीका बारेमा बर्षाद पुर्व जल तथा मौसम विभागबाट पूर्व सूचना जारी गरिएकाले आवश्यक सर्तकता अपनाइएको र बाढीको समयमा जलश्रोत तथा सिंचाई विभाग अन्र्तगतका कार्यालयबाट आपत्तकालीन बचावटका कार्य संचालन गरिएकाले अनुमान गरे भन्दा कम क्षति भएको बताए ।

गत बर्ष ५ अर्ब बजेट निकासा भएकोमा यस बर्ष साढे २ अर्ब मात्रै भएको भन्दै उनले सबै बजेट स्थानीय तहमा गएकाले नदी संरक्षण, नियन्त्रण र जोखिम न्यूनीकरणका लागि तीन वटै सरकारबीच समन्वय आवश्यक पर्ने बताए ।

मन्त्री पुनले नदीको वहाव प्राकृतिकरुप भन्दा विपरित दिशाबाट संरचना बनाएकाले पनि डुबानको समस्या निम्तिने गरेको उल्लेख गर्दै समस्या सम्बोधनका लागि सरोकारवाला मन्त्रालयबीच एकीकृत योजना बनाउनुपर्ने आवश्यकता औल्याए ।

गत असार २७ देखि २९ गते सम्मको अबिरल बर्षाका कारण नदी तथा स्थानीय खोलामा आएको बाढीका कारण तराई लगायत मुलुकका विभिन्न स्थानका सिंचाई आयोजना तथा तटबन्धहरु क्षतिग्रस्त बनेका छन् ।

मन्त्रालयले लाल बकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट ४० हजार थान बोरा र २ सय ५० थान नाइलन जाली तथा लाल बकैया नदीबाट विभिन्न स्थनमा भएक कटान र डुबान नियन्त्रणका लागि बागमति तथा ललबकैया नदी नियन्त्रण आयोजना कार्यालयबाट १ लाख ६२ हजार थान बोरा तथा ७ सय ५५ थान नाईलन जाली क्षतिग्रस्त स्थानहरुमा उपलब्ध गराउने काम भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : ११ बजे

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै

मधेशका ११ केन्द्रमा सञ्चालित एमबीएस अन्तर्गत आजको परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले मधेशमा केन्द्र रहेका व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भइरहेको

निर्मल पुर्जाले लेखेका थिए, ‘ब्रोड पिक, सुरक्षित रूपमा माथि पुगेर फर्किन पाऊँ भन्नेबाहेक केही माग्दिनँ’

इस्लामाबाद (एएफपी)- पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको ब्रोड पिक हिमालमा हिमपहिरो

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

भद्रपुर–  मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा