मानिस तयार नहुँदा संकटमा जिब्रो छोड्ने जात्रा « Khabarhub

मानिस तयार नहुँदा संकटमा जिब्रो छोड्ने जात्रा


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– वि.स. २०६३ सालदेखि रोकिएको भक्तपुरको जिब्रो छेड्ने जात्रा गत वर्ष आएर फेरि सुचारु भएको थियो । तर यसवर्ष जिब्रो छेड्ने मान्छे तयार नहुँदा जात्रा रोकिएको छ । यससँगै जात्रा संकटमा परेको देखिएको छ ।

गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि—५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका थिए ।

करिब १२ वर्षसम्म रोकिएको यो जात्रा श्रेष्ठले जिब्रो छेडेसँगै पुनः सुचारु भएको थियो । लोपन्मुख यो जात्रा हरेक वर्ष निरन्तर सञ्चालन होला भन्ने स्थानीयले अपेक्षा गरेका थिए ।

तर, जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि जात्राले निरन्तरता पाउन सकेन ।

स्थानीयका अनुसार जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिका श्रेष्ठ थरकै हुनुपर्ने प्रचलन रहेको छ । सोही प्रचलनअनुसार चेंया पुन्हिया मेय प्वाः खनेजु जात्रा व्यवस्थापन समितिको संयोजनमा जात्रा मनाए पनि समितिले समेत यस वर्ष अर्को व्यक्ति तयार गर्न नसक्दा जात्रा रोकिएको हो ।

२५ वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले वि.स. २०७२, २०५७ र ०६३ मा गरी १० वर्षमा तीनपटक जिब्रो छेडाएका थिए ।

त्यससँगै स्थानीयले युवा समिति गठन गरी जात्रा जोगाउने अभियान शुरु गरेका थिए । अभियानअनुसार वि.स. २०७४ मा बालकुमारीका २९ वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले र ०७५ मा थिमिका श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १ : १९ बजे

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा समेट्न राष्ट्रिय अभियान सुरु 

काठमाडौं– नेपालमा कार्यरत लाखौँ अनौपचारिक र स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षाको घेराभित्र

रास्वपाको कार्यालयमा पुग्यो उच्चस्तरीय राजनीतिक वार्ता टोली

काठमाडौं– उच्चस्तरीय राजनीतिक वार्ता समितिले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी  कार्यालयको

आत्मनिर्भर बनाउन सीप सिकाउँदै रामपुर

तानसेन– यहाँको रामपुर नगरपालिकाले नगरवासीलाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८

प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टीद्वारा काठमाडौंबाट उम्मेदवार सिफारिस

काठमाडौँ– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौँ